छुट्टीमा आउनेले श्रम स्वीकृति पाउने की नपाउने ?

लक्ष्मण खनाल युएईमा कार्यरत छन् । उनी यहि मार्च २३ तारिख छुट्टीमा नेपाल फर्किने तयारीमा छन् । टिकट काटिसकेको अवस्थामा सरकारले अर्को सुचना जारी नभएसम्मका लागि श्रम स्वीकृति रोकेसँगै उनी अलमलमा छन् घर आउने की नआउने ? स्वदेश फर्किए पश्चात पुनः युएई आउन पाइन्छ की पाइन्न भन्ने दुविधामा छन् उनी । यस्तो दुविधा अहिले धेरै नेपालीलाई परेको छ ।

युएईमै कार्यरत छवि गिरी पनि नेपाल फर्किने तयारीमा छन् । उनको श्रम स्वीकृतिको अवधि ९ महिना बाँकी छ र उनले नेपाल आउने र पुनः युएई फर्किने दुईतर्फी टिकट लिइसकेका छन् । मेरो टिकट र श्रम दुवै कुराको समस्या छैन, तर नेपाल एयरलाइन्सले उडाउँछ की उडाउँदैन भन्ने उनको जिज्ञासा छ ।

यस बारेमा वैदेशिक रोजगार विभाग पनि अहिलेसम्म पुरै स्पष्ट भइसकेको छैन । तर विभागका महानिर्देशक कुमार प्रसाद दहालले कुनै पनि व्यक्ति नेपाल आएर फर्किने दिन उसको श्रम स्वीकृतिको अवधि ९१ दिन बाँकी रहेको हुनुपर्ने बताए । उनका अनुसार सो भन्दा कम समयावधि बाँकी रहेको र पुनः श्रम स्वीकृति लिनु पर्नेहरुले भनें श्रम स्वीकृति पाउने छैनन् ।

तर यसरी आउनेहरु नेपाल आइसकेपछि आफू फर्किनु पर्ने मुलुकले कुवेत वा कतारले झैं रोक लगाएमा भनें फर्किन नसक्ने विभागका महानिर्देशक दहालको भनाई छ ।
यो पनि पढ्नुहोस् श्रम स्वीकृति रोकियो

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: