श्रम स्वीकृति रोकियो

सरकारले तत्कालका लागि श्रम स्वीकृति दिन स्थगित गरेको छ । कोरोना संक्रमणले महामारीको रुप लिएपछि उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा गठित उच्चस्तरीय समन्वय समितिको बैठकले श्रम स्वीकृति दिन स्थगित गर्ने निर्णय विहिवार गरेको थियो । बैठकले अर्को सुचना नभएसम्मका लागि श्रम स्वीकृति दिन स्थगित गर्ने निर्णय गरेको छ ।

उच्चस्तरीय समितिको बैठकपछि वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिन रोकेको छ । विभागका महानिर्देशक कुमार प्रसाद दहालले देशपरदेशसँग कुराकानी गर्दै श्रम स्वीकृति दिन रोकिएको बताएका छन् ।

बैठकले १४ मार्चदेखि नेपाल प्रवेश गर्ने नेपाली, गैरआवासीय नेपाली र विदेशीले १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय पनि गरेको छ । बैठकले अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई पनि ३० अप्रिलसम्म नो अब्जेक्सन सर्टि्फिकेट नदिने निर्णय गरेको छ ।

गैर आवासिय नेपालीहरुलाई गैर आवासिय नेपाली परिचयपत्रको आधारमा आगमन विन्दुमा दिईंदै आएको अन एराईभल भिसा मार्च १४ को राती १२ बजेबाट लागु हुने गरी ३० अप्रिल, २०२० सम्मका लागि स्थगन गर्ने निर्णय पनि बैठकले गरेको छ । अत्यावश्यक कारणले नेपाल आउनु पर्ने अवस्थामा नेपाल आईपुग्ने मिति भन्दा बढीमा सात दिनभित्रको स्वास्थ्य जाँच प्रमाणपत्र संलग्न गरी सम्वन्धित मुलुक वा नजिकमा रहेका नेपाली नियोगहरुबाट भिसा लिनु पर्ने व्यवस्था लागु गर्ने भिर्णय पनि भएको छ ।

यो पनि पढ्नुहोस् कोरोनाका आधा भन्दा धेरै विरामी निको भए

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: