कोरोनाका आधा भन्दा धेरै विरामी निको भए

विश्वका विभिन्न मुलुकहरुमा त्रास फैलाइरहेको कोरोना भाइरस (कोभिड १९) का कारण हालसम्म १ लाख २६ हजार भन्दा धेरै संक्रमित भएको र त्यसमध्ये आधा भन्दा धेरै विरामी निको भएका छन् ।

विहिवारसम्म कोरोना भाइरसका संक्रमितको संख्या १ लाख २६ हजार ४ सय ८३ पुगेको छ । त्यसमध्ये ६८ हजार ३ सय १४ जना निको भएका छन् । सवैभन्दा धेरै संक्रमित चीनमा भएका हुन् भनें ईरान तथा ईटालीमा पनि संक्रमितको संख्या ठूलो छ ।

खाडीका मुलुकहरु मध्ये कतारमा सवैभन्दा ठूलो संख्या देखिएको छ जहाँ २ सय ६२ संक्रमित देखिए । यसैगरी बहराइनमा १ सय ९५ जना, कुवेतमा ८० जना, युएईमा ७४ जना, साउदी अरवमा ४५ जना तथा ओमानमा १८ जना संक्रमित भेटिएका छन् । सवैभन्दा धेरै बहराइनमा ३७ जना संक्रमित निको भएका छन् भनें त्यसपछि युएईमा १७ जना, ओमानमा ९ जना तथा साउदीमा एक जना निको भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यो पनि पढ्नुहोस् कुवेतमा दुई हप्ता सार्वजनिक विदा, फेब्रुअरी २७ पछि कुवेत फर्केकाले अनिवार्य स्वास्थ्य परिक्षण गराउनुपर्ने

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय