कुवेतमा दुई हप्ता सार्वजनिक विदा, फेब्रुअरी २७ पछि कुवेत फर्केकाले अनिवार्य स्वास्थ्य परिक्षण गराउनुपर्ने

कोरोना भाइरस (कोभिड १९) को संक्रमण वृद्दि रोक्न कुवेतले दुई हप्ता सार्वजनिक विदा घोषणा गरेको छ । मार्च १२ देखि मार्च २६ सम्मका लागि कुवेतले सार्वजनिक विदा घोषणा गरेको हो ।

सो क्रममा कुवेतले दुई हप्ताका लागि सवै व्यवसायीक अन्तराष्टिय उडान स्थगित गरेको छ । सार्वजनिक क्षेत्रमा काम गर्ने कर्मचारीहरुलाई दुई हप्ता विदा दिइएको छ । कुवेतको मन्त्री परिषदले शुक्रवार मध्यरातदेखि उडान स्थगित गर्ने निर्णय गरेको छ । उडान स्थगित गर्नु भनेको कुवेत बाह्य संसारसँग पूर्ण रुपमा सम्पर्क विच्छेदको अवस्थामा रहनु हो ।

यसैगरी मन्त्रीपरिषदले रेष्टुराँ तथा क्याफेहरुमा भेला हुन, मल तथा जिम, खेलकुदका क्लवहरु पनि बन्द गर्ने निर्णय गरेको छ । बैंकहरु पनि मार्च २६ सम्म वन्द रहनेछन् । अनलाइनबाट भनें कारोवार गर्न सकिनेछ ।

स्वास्थ्य मन्त्रालयले फेब्रुअरी २७ पश्चात कुवेत फर्केका विदेशीलाई अनिवार्य स्वास्थ्य परिक्षण गराउनु पर्ने तय गरेको छ । मन्त्रालयले यसका लागि मिश्रफमा परिक्षण केन्द्र सञ्चालन हुने जनाएको छ । विहान ८ बजेदेखि बेलुकी ६ बजेभित्र आफ्नो सिभिल कार्ड तथा पासपोर्ट लिएर जँचाउन जान सकिने मन्त्रालयले जनाएको छ ।

कुवेत अधिकारीहरुले कुवेतमा बस्नेहरुलाई भेला नहुन तथा घरैमा बस्न सुझाव दिएका छन् । मंगलवार कुवेतमा कोरोनाको संक्रमण भएका तीनजना नयाँ विरामी पहिचान भएका थिए । योसँगै कुवेतमा कोरोना संक्रमितको संख्या ७२ पुगेको छ । कुवेतका स्वास्थ्य मन्त्री डा. बसेल अल सवाहले ति मध्ये तीनजनाको संक्रमण निको भएको र उनीहरुलाई छिट्टै घर पठाइने बताएका छन् ।

यो पनि पढ्नुहोस कतारले नेपाली सहित १४ मुलुकका नागरिकलाई प्रवेशमा अस्थायी रोक लगायो

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय