दुधको दुध, पानीको पानी

नेपाल सरकारका नाममा जाजरकोटमा धेरै मान्छेको ओठबाट मुस्कान हरायो । तर त्यो हराएको मुस्कान फिर्ता ल्याउन सरकारले सिन्को पनि भाँचेन जनताको गुनासो छ, सरकार ! Charcheet inside the storyपञ्चायतकालमा खोकुछिन्ताङमा जनता मारेर सत्ता जोगाउने सूबथाको मृत्युउत्सवमा सरकार अलमलिएको गम्भिर आरोप छ, सरकार ! मेडिकल माफियाको आर्थिक मायामा रत्तिएर गोविन्द केसीका माग बाग्मतिमा बग्ने चिन्ता जनताले गरेका छन्, सरकार ! तर सरकार, गोविन्द केसी त उही पुरानै तरिकाले औषधी बोकेर जाजरकोट पुगेछन् । सरकारै नपुगेको ठाममा उनी किन पुगेका होलान्, दैव जानुन् । म जान्दिन सरकार ! आफ्नै नागरिकलाई पशुपति मन्दिरभित्र दृश्ययन्त्र लिएर जान निषेध गरिएको परिपे्रक्षमा भारतिय एक टोलीलाई कोणकोणबाट फोटो खिच्न दिएर यहाँले भारतसामु पुरानै शैलीले ज्यूहजरी गरेको आरोप छ, सरकार खाडी, मलेसिया र अन्य देशमा हड्डी घोटेर रेमिट्यान्स पठाउने, अनाहकमा हरेक दुईबर्षमा श्रम गरेर राज्यलाई विना जिम्मेवारीको राजस्व बुझाउने दीनहिन श्रमिकको कोषबाट मन्त्रि र कर्मचारीले ‘इन्जोए’ गरे भन्ने ध्यानाकर्षण र त्यस कर्मप्रति श्रमिकको खेद छ, सरकार । सिरिया, इजिप्ट, इराक र लिवियालगायतका युद्धग्रस्त मुलुकमा तारो बनेका नागरिकको उद्धारमा सरकारले गर्न सक्ने जत्ति नगरेको आरोप छ, सरकार । यि र अन्य कैयौं अलिखित कुरा गर्नु हुने हो कि हैन ? यहाँ नै निक्र्योल गरिस्यो । तर मैले यो कुरो उठाउनै पर्ने भयो । जग जाहेर छ कि सरकार सुतिस्या छ । सुतेको सरकारलाई चिसो पानी छ्यापेर भए नि उठाउनु नागरिकको कर्तब्य हो । त्यही कर्तब्य ठानेर यी हरफ कोरेको हुँ । रिसानी माफ होस् । चित्त साफ होस् । सरकार । दलेका नाममा प्रिय दलेजी, तिमीले दुरदराजका आर्थिक रुपमा पनि दुर्गम नेपाली श्रमिकसँग लाखौं चप्काएर म्यानपावरलाई जिम्मा लायौ भन्ने श्रमिकको कुरो छ । आफ्नै आफन्त पनि छोडेनौ रे । आफ्नै छिमेकी पनि छोडेनौ रे । कतार जान नेपाल सरकारले तोकेको २० हजार त तिमिले नै उठाउँछौ रे । तिमीले ठेक्का दिने म्यानपावरले त लाख कुम्याए पनि वा २ लाख कुम्ल्याए पनि २० हजारकै रसिद दिन्छ रे । आफ्नै गरिवगुरुवा नेपालीलाई सिध्याएर कुन प्रसिद्धि  कमाउँछौ भनेर श्रमिकले सोध्दै थिए । म के भन्दिम् ? बोल्छौ कि तिमि ? म्यानपावरका नाममा प्रिय म्यानपावरका महाराजजी, देशमा राजा नभएको धेरै भइसक्यो । तर तिमीले आफ्नै भाइभतिज नेपालीलाई विभिन्न प्रलोभन देखाएर झुक्याउँदै मोटो रकम लिएर मोज ग¥यौ भन्ने श्रमिककै भनाइ छ । कतिसम्म भने, एउटा कम्पनिमा लाने भनेर अर्कैमा पठायौ रे । एउटा कर्म भनेर अर्कैमा लायौ रे । एउटा तलव भनेर अर्कै दिलायौ रे । इन्डोर कर्म भनेर तातो घाम ख्वायौ रे । मेसन जान्नेलाई कार्पेन्टरी गरायौ रे । कार्पेन्टरी जान्नेलाई स्टीलफिक्चर गरायौ रे । स्टिलफिक्चर जान्नेलाई प्लम्बर बनायौ रे । प्लम्बर जान्नेलाई स्काफोल्डिङ्ग गरायौ रे । ट्रेडलाई हेल्पर र हेल्परलाई ट्रेडको कर्म गरायौ रे । धर्म नछाडी भन त, कुरो के हो ? यसरी दिउँसै किन ढाँटेका हौ ? भनेर श्रमिक भन्दै थिए । म त नजवाफ भएँ । तिमिहरुसँग जवाफ छ कि ? श्रमिक माग्ने देश र कम्पनिले सवै शुल्क बेहोर्ने भइसकेपछि पनि विभिन्न वहानामा श्रमिकको ढाड सेक्नेगरी रकम खाइपाइ आयौ भनेर श्रमिकले भनेका छन् । किन यसो भनेका होलान् ? श्रमिक लगिदिएवापत उताको कम्पनिले यता तिमिहरुलाई सेवा शुल्क भनेर कुस्त रकम दिइपठाउँछ रे त । उनीहरु त यसो पनि भन्छन् । खास कुरो के हो ? उताबाट कमिशन पठाउने नै हो भने किन यताका आफ्नै नेपाली दाइभाइको ढाड सेकेका हौ ? एनआरएनका नाममा प्रिय एनआरएनकर्मी मित्रहरु, तिमिहरुको दोहोरो नागरिकताको नाराले खाडी र मलेसियामा घरकी प्रिया भुलेर कर्मरत नेपालीलाई छुँदैन भन्छन् त तत्तत् देशमा कर्मरत श्रमिकहरु । अहिले यो रसियाली, अमेरिकन, युरोपेली, क्यानडेली र अष्ट्रेलियाली नारा कहाँ पुग्यो ? बताइ पाम्न । श्रमिकले सोधेका छन् । साँच्ची, त्यो खुल्ला विश्वविद्यालयको कुरो कुन पहाडमा ठोक्किएर विलिन भो ? यो विश्वविद्यालय खाडीमा खडा गरे त कतिजना बेलामा पढ्न नपाएका, बिचैमा पढ्न छाडेका र अर्कोतह पढ्न चाहेका तर नपाएका श्रमिकले पढ्ने थिए होला, हगी ? के भो यो कुरो ? सुक्यो, सेलायो र बित्यो कि जिम्दै छ ? हँ । खाडी र मलेसियामा तिमेरका केहि कर्मकर्ताले ठगेको, पेलेको र सस्तो मूल्यमा टावे कम्पनिमा जिम्मा लाएको भनेर श्रमिकले गुनासो गरेका छन् । एनआरएनहरु त्यहाँ कर्म गर्दैनन् र ? कि टावेमा श्रमिक दिनेहरुकै हालीमुहाली चलिरहन्छ त्यहा ? यस्तै यस्तै प्रश्नको भारी बोकेर केही थान श्रमिक दिल दुखाउँदै थिए । कुरो के हो ? दुधको दुध पानीको पानी छुट्याइ पाम्न । गफ श्रमिकको हित गर्ने भन्ने । नारा सामुहिक लगानीको फाल्ने । तर आफ्नै मात्रै भविष्य सुधारेको आरोप छ नि । यसका बारेमा के जवाफ होला ? जानिपाम्न । धनी वा गरिव सवै एनआरएनले सामुहिक लगानीमा खाडीमा हाइपर मार्केट खोलुन् । सुपरमार्केट खोलुन् । रेष्टुरेन्ट खोलुन् । जुनजुन ब्यापार राम्रो हुन्छ त्यसैमा श्रमिकलाई सामेल गराएर कर्म थालुन् । श्रमिकका मुद्धालाई त्यो देशको सरकारसम्म पु¥याउन् र समाधान मागुन् । यसो गरे कसो होला ? तर यि दिन देख्नै नपाइ नर्क टेकिन्छ कि क्या हो ? पिरलो पो छ त । पाठकहरुका नाममा प्रिय पाठक मित्रहरु, यता लेख्न थालेपछि लामो चेतावनीपत्र देशपरदेशलाई प्राप्त भएको छ । त्यो पत्रमा म लगायतको कलम भाँच्नुपर्ने जोडदार माग छ । कलम मात्रै हैन हाम्रो ढाडै भाँच्नुपर्ने समेत माग छ (यो कुरो शब्दले नलेखे पनि हामी बुझ्दछम्) । शासक र राजनीतिज्ञले हामीलाई फगत माग राख्न मात्रै सिकाए । सिकेरै होला त्यो पत्रमा उनीहरुले हाम्रो खोइरो उतार्ने माग गरेका छन् । आइन्दा लेखे मुद्धा हाल्ने र जेलमा सडाउने कुरो पनि लेख्न भ्याएछन् । साथीहरुले एउटा गल्ती गरेछन् । थर्ड डिग्री लाउने कुरो छुटाएछन् नि । तर सोच्न चैं सोचे होलान् । नङमा सुइ रोप्ने नि ? त्यो पनि बिर्सिएछन् । यसैगरी धम्कीपत्र आइरहने हो भने मेघराज सापकोटा, बिद्रोही नेपाली र म हरु रातारात हिट हुन बेर छैन, मित्रहरु, यो गर्मीमा हिट भइयो भने कुन जिउले थेग्नु ? चर्चित यो पनि पढ्नुहोस् सीपले बढाएको शान : गृहिणीबाट सफल व्यवसायी(भिडियोसहित)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय