तातो बगरमा छटपटाइ रहेका माछाका भुराहरु झैँ छ ऊ बाँच्नको निम्ति केवल बाँच्न, मृग तृष्णा देखेर दौडेको हरिण झैँ प्याक प्याक्ति भएको ऊ हरहर आँत लिएर बाँचेको मनुष्य जसको छातीमा असंख्य ज्वालामुखी बिस्फोटन हुन्छन र निस्कन्छन ननिभ्ने गरि लाभाहरु छरपस्ट छन् र शरीर भरि क्षत विक्षत तन, तर पनि पोल्दैन अनि दुख्दैन उसलाई अनि पर्खिरहेको छ सुन्दर मृत्युको झिनो आस बोकेर बाँकि दिनहरुलाई भल भली बगेको रगतका टाटाहरु आलै छन् तै पनि चहराउदैन उसको घाउ अभ्यस्त भैसकेको छ चोट घाउ र निलडाम बोकेर बाँच्न प्रतिकार गर्दैन रति भर शुन्य छ उसको मथिंगल कुनै विचार वा बादले घर गरेन ऊ भित्र कुनै विभेदकारी नीति अख्तियार गर्दैन ऊ मानव मानव बीचमा खोक्रो, रितो, सर्वाङ्ग, क्षत विक्षत भएको ऊ निरिह प्रायः निस्प्राण झैं लुटाई रहन्छ आफूलाई नरभक्छिहरु द्धारा बलिन्द्र आँसुका धाराहरु बगेपनि डाँको छोडेर कहिल्यै रोएन र रुदैन ऊ बेशरम मृत्यु कुरिरहेछ झुपडी भन्दा पनि पर अनकन्टार ओडार भित्र ऊ अलग मनुष्य ।।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1