मलेशिया सरकारले नेपाली भाषामा नयाँ मोवाइल एप सुरु गर्दै, रोजगारदाता विरुद्ध उजुरी गर्न सकिने

श्रमिकले आफूलाई कुनै दुव्र्यवहार भएमा त्यसका बारेमा गुप्त रुपमा सम्वन्धित सरकारी निकायमा मोवाइल एप मार्फत उजुरी दिन सक्ने गरी मलेशियामा आगामी जनवरी देखि मोवाइल एप सञ्चालनमा आउन लागेको छ । सो मोवाइल एप त्यहाँको सरकारले नै बनाउन लागेको हो ।

मलेशियाका मानव संशाधन मन्त्री एम शरभनानले विभिन्न भाषामा उपलव्ध हुने सो मोवाइल एपले विदेशी श्रमिकको अधिकारको सम्मान नगर्ने रोजगारदाताहरुका बारेमा सरकारले जानकारी हासिल गर्ने लक्ष्य राखेको बताएका छन् । सो एप नेपाली, बंगाली लगायतका भाषामा हुनेछ ।

मन्त्री शरभनानले हालसम्म विदेशी श्रमिक सरकारसँग सिधा नजोडिएको भन्दै सोका कारण आफूलाई दुव्र्यवहार हुँदा पनि उनीहरुले उजुरी गर्न नसकिरहेको बताए । यसका कारण दुव्र्यवहार गर्ने रोजगारदातालाई सहजता भएको उनको भनाई छ । उनले नयाँ आउने मोवाइल एपमा दोहोरो सञ्चार गर्न सकिने प्रवन्ध हुने जानकारी दिएका छन् । श्रमिकको उजुरीका आधारमा श्रम विभागले अनुगमन गर्ने जनाइएको छ ।

मलेशियामा विशेषगरी आप्रवासी श्रमिकमाथि शोषण हुने गरेको छ । भनिएअनुसारको काम तथा तलव नदिइने, उचित बसोवासको प्रवन्ध नहुने तथा अतिरिक्त कामको अतिरिक्त पारिश्रमिक नपाउने मुख्य समस्या हुन् । यसैगरी रोजगारदाताले मानशिक तथा शारिरीक दुव्र्यवहार गर्दै काम गर्न बाध्य पार्ने गरेको घटना समय समयमा सार्वजनिक हुने गरेका छन् ।

तपाईलाई रुचिकर लाग्न सक्छः श्रमिकलाई मलेसिया आउँदा तिरेको रकम किन फिर्ता गर्दैछन् यी कम्पनीहरु

मलेशियामा आप्रवासी श्रमिकलाई बाध्यकारी श्रमको अवस्थामा पारेको भन्दै पश्चिमा मिडियाहरुले लगातार प्रश्न उठाएपछि पछिल्लो समय त्यहाँको श्रम बजार सुधारका लागि चर्को दवाव परेको छ । केहि समय अगाडी मलेशियाका ग्लोव्स कम्पनीहरुले उत्पादन गरेको सामग्री अमेरिकाले आयातमा प्रतिवन्ध लगाएपछि बाध्य भएर ति मध्ये कतिपय कम्पनीहरुले नेपाली लगायतका आप्रवासी श्रमिकहरुले भर्ना प्रकृयामा तिरेको रकम किस्तावन्दीमा फिर्ता गरिरहेका छन् ।
यो पनि पढ्नुहोस् नवनियुक्त श्रम मन्त्रीको पुत्ला जल्यो, गाउँपालिका अध्यक्षद्धारा चुनाव लड्न चुनौति

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय