मलेसियाका तीनवटा कम्पनी जसले फिर्ता गर्दैछन् श्रमिकले मलेसिया आउन तिरेको रकम

मलेसियाका तीनवटा कम्पनीहरु टप ग्लोव, हार्टालेगा र कोसानले आफ्नो कम्पनीमा रोजगारीका लागि आउने आप्रवासी श्रमिकलाई कुनैपनि प्रकारको शोषणमा पर्न नदिन आफूहरु सजग रहेको र सोही अनुरुपको पूर्वसतर्कता अपनाइएको बताएका छन् । पछिल्लो समयमा यी तीनवटै कम्पनीहरुले आप्रवासी श्रमिकको भर्नामा शुन्य लागतको नीति अवलम्वन गरिएको बताउँदै आएका छन् । शुन्य लागतको अर्थ कुनै पनि श्रमिक ति कम्पनीहरुमा रोजगारीका लागि जाँदा श्रमिकले कुनै प्रकारको शुल्क तिर्नु नपर्ने व्यवस्था हो । श्रमिकको भर्ना प्रकृयाको सम्पूर्ण खर्च कम्पनीको नै जिम्मेवारी हुन्छ ।

????????????????????????????????????

टप ग्लोवले आफ्नो कम्पनीमा रोजगारीका लागि आउने आप्रवासी श्रमिकहरुलाई उनीहरुसँग भर्ना प्रकृयामा कुनै शुल्क लिइएको छ वा छैन भन्ने विषयमा सोधपुछ गरिने जनाएको छ । टपग्लोवकी प्रवक्ताले त्यस्ता श्रमिकहरुलाई उनीहरु मलेसियाका लागि उड्नु अघि आफ्नै मुलुकमा हुँदा तथा मलेसिया आइपुगेपश्चात त्यस्तो जानकारी लिने गरिएको बताएकी छन् ।

यस अगाडी प्रकाशित यो समाचार पनि पढ्नुहोस् :मलेसिया जाँदा श्रमिकले तिरेको रकम धमाधम फिर्ता गर्दै मलेसियन कम्पनीहरु

यसैगरी हार्टालेगाले पनि आफ्नो कम्पनीमा रोजगारीका लागि आउन चाहने श्रमिकलाई भर्ना प्रकृया चलिरहँदा उनीहरुको भर्ना प्रकृयामा लाग्ने शुल्क कम्पनीले नै उपलव्ध गराउने भएका कारण कुनै शुल्क तिर्नु नपर्ने स्पष्ट पारिने बताएको छ । हार्टालेगाले पनि श्रमिकलाई भर्ना शुल्क लिन नपाउने व्यवस्थालाई कडाई पूर्वक लागु गर्न श्रमिक मलेसिया आइसकेपश्चात पनि उनीहरुले भर्ना प्रकृयामा कुनै शुल्क तिर्नु परेको छ वा छैन भन्ने विषयमा जानकारी लिएर यकिन गर्ने गरिएको बताएको छ । रोजगारीको तीन महिना पश्चात पनि सोही प्रश्न श्रमिकलाई सोध्ने गरिएको सो कम्पनीले जनाएको छ ।

कोसानले पनि आफ्नो कम्पनीमा काम गर्ने आप्रवासी श्रमिकलाई मलेसिया आइपुगे पश्चात उनीहरुले भर्ना प्रकृयामा कुनै रकम तिर्नु परेको थियो वा थिएन भनेर धेरैपटक प्रश्न सोध्ने गरिएको जनाएको छ । यदि कसैले रकम तिर्नु परेको फेला परेमा कम्पनीले सो रकम फिर्ता गरिदिने गरेको जनाइएको छ । आफ्नो कम्पनीमा रोजगारीका लागि आउने श्रमिकसँग रकम असुल्ने कुनै पनि मेनपावर कम्पनीसँग सम्वन्ध राखिरहन आफूहरु राजी नभएको सो कम्पनीले स्पष्ट पारेको छ ।

यस अगाडी प्रकाशित यो समाचार पनि पढ्नुहोस्ःमलेसियामा अर्को एक कम्पनी कामदारले तिरेको रकम फिर्ता दिन सहमत

तर व्यवहारमा भनें शुन्य लागतको कार्यान्वयन अन्त्यन्त कमजोर छ । हाल पनि कतिपय श्रमिकले रोजगारी पाउन रकम तिर्नु परिरहेको छ । विशेषगरी गाउँ गाउँमा एजेण्टको रुपमा काम गर्नेहरुले त्यसरी रकम उठाइरहेका छन् । टप ग्लोवमा रोजगारीका लागि गएका नेपाली श्रमिकहरुले एक लाख भन्दा बढी रकम नगदै रोजगारीका लागि पठाउने एजेण्टलाई भुक्तानी गरेको सिएनएन बिजनेशको समाचारमा उल्लेख छ । यसरी ठूलो मात्रामा रकम बुझाउनु पर्दा श्रमिकलाई ऋणको भार पर्ने र उनीहरुलाई लामो समय सोही ऋण र त्यसको व्याज भुक्तानीमा लाग्ने भएका कारण उनीहरुले बाध्यकारी रुपमा काम गर्नुपर्ने आप्रवासी श्रमिकको हक अधिकारका पक्षमा कार्यरत एण्डी हलले बताएका छन् ।

मलेसियामा शुन्य लागतको दवाव
मलेसियामा आप्रवासी श्रमिकको भर्ना शुल्क हटाउने दवाव त्यतिबेला सुरु भयो जव मलेसियाका ग्लोव कम्पनीहरु तथा ईलेक्ट्रोनिक्स कम्पनीहरुमा रोजगारीका लागि जाने श्रमिकहरुले भर्ना शुल्क वापत भुक्तानी गरेको रकम उठाउन नै बाध्यकारी रुपमा श्रम गर्नुपरिरहेको विषय गार्जियनले लगातार उठायो ।

यस सम्वन्धि पूर्व प्रकाशित समाचारः मलेसियाको एक कम्पनीले विदेश जाँदा तिरेको रकम फिर्ता दिन थाल्यो

गार्जियनमा सो समाचार प्रकाशित भएपश्चात संयुक्त राज्य अमेरिकाले सन् २०१९ अक्टोवरमा डव्लुआरपी, टप ग्लोव लगायतका कम्पनीहरुले उत्पादन गरेका ग्लोव लगायतका सामग्री आयातमा बन्देज लगायो । गार्जियनले समाचार प्रकाशन गरेपश्चात सुरुमा मलेसियाले आप्रवासी श्रमिकसँग भर्ना शुल्क नउठाइएको र बाध्यकारी श्रमको अवस्थाको प्रतिवाद गरेको थियो । मलेसियाका तत्कालिन मानव संशाधन मन्त्री एम कुलासेगरनले यो मलेसियाको व्यवसाय तहसनहस पार्न फैलाइएको हल्ला भएको भन्दै प्रतिवाद गरेका थिए । तर पछि मलेसिया सरकार यसलाई स्वीकार्दै सन् २०२१ भित्र सोसल अडिट गर्न तयार हुनुपर्यो ।

ग्लोव उत्पादनमा संसारमै ठूला फ्याक्ट्रीहरु रहेको मलेसियाले नै विश्वको कुल मागको ६० प्रतिशत ग्लोव निर्यात गर्दछ । कोेभिड १९ कोे महामारीका कारण ग्लोवको मागमा भएको तिव्र वृद्धिका बीच अमेरिकाले लगाएको बन्देजले संकटमा परेका मलेसियाका ग्लोब कम्पनीहरु सो बन्देज फुकुवा गराउन यसरी आप्रवासी श्रमिकमाथि विगतमा भएको आर्थिक शोषणको समेत हिसावकिताव गर्दै रकम फिर्ता गर्न तयार भएका हुन् ।

श्रमिक माथि चर्को आर्थिक शोषण भएको र बाध्यकारी श्रममा संलग्न गराएको आरोपमा बन्देज सुरु भएपश्चात यसअगाडी नै डव्लुआरपी, टपग्लोव, हार्टालेगा लगायतका कम्पनीहरुले श्रमिकले रोजगारी भर्ना प्रकृयामा तिरेको रकम किस्तावन्दीमा फिर्ता गर्न थालेका छन् । महामारीका कारण ग्लोवको बढ्दो माग र कम्पनीहरुले रकम फिर्ता गर्न थालेपछि अमेरिकाले गत मार्चमा ति कम्पनीहरुको उत्पादन आयातमा लगाउँदै आएको बन्देज फुकुवा गरेको छ, यद्यपी श्रमिकलाई फिर्ता गर्ने रकमको किस्ता अत्यन्त थोरै भएको र उनीहरुले आफूले तिरेको रकम फिर्ता लिन बर्षौं लाग्ने भन्दै श्रमिकको अधिकार पक्षमा कार्यरतहरुले भनें यसमा असन्तुष्टि जनाउँदै आएका छन् ।

हाल टप ग्लोव, हार्टालेगा, डव्लुआरपी लगायतका ग्लोव कम्पनीहरुले करोडौं रकम ति कम्पनीमा कार्यरत श्रमिकहरुलाई फिर्ता गर्नुपर्ने देखिएको छ । ति कम्पनीहरुले फिर्ता गर्नुपर्ने रकम यकिन गरेर किस्तावन्दीमा रकम फिर्ता गर्न थालेका छन् । टप ग्लोवका ४६ वटा फ्याक्ट्री रहेका छन् जसमध्ये अधिकाँश मलेसियामा सञ्चालित छन । मलेसियाका टप ग्लोव, हार्टालेगा र कोसान गरी तीनवटा ठूला ग्लोव कम्पनीहरुमा गरेर ३४ हजार श्रमिक कार्यरत छन् । ति कम्पनीहरुमा नेपाल, बंगलादेश, म्यानमार, ईण्डोनेशिया लगायतका मुलुकका श्रमिक कार्यरत छन् ।

तपाईलाई रुचिकर लाग्न सक्छः श्रमिकलाई मलेसिया आउँदा तिरेको रकम किन फिर्ता गर्दैछन् यी कम्पनीहरु

कोभिड महामारीका कारण ग्लोवको माग ३० प्रतिशतले वृद्धि भएको र ति कम्पनीहरुको नाफामा पनि उल्लेख्य बृद्धि भएको सिएनएन बिजनेशको समाचारमा उल्लेख छ ।
सिएनएन बिजनेशमा प्रकाशित समाचारको अनुवादित सम्पादित अंश
यो पनि पढ्नुहोस् परीक्षण गरिएको खोप प्रभावकारी भएको युएईको ठहर, अग्रमोर्चामा खटिनेलाई लगाउने अनुमति

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय