काठमाडौं, दुईजना व्यक्तिलाई वैदेशिक रोजगारीका लागि सिंगापुर पठाइदिने बहानामा ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा उदयपुरको पञ्चकन्या नगरपालिका ४ घर भइ हाल काठमाडौंको टोखा बस्ने वर्ष ३६की अन्जना राई रहेकी छन्।
उनले सिंगापुर पठाउने भनी दुई जनाबाट ३ लाख ३६ हजार रुपैयाँ लिएपश्चात विदेश नपठाई सम्पर्क विहीन भएको प्रहरीले जनएको छ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले टोखाको सिंगापुर कोलनीबाट पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।