काठमाडौं, साँसद मनिष झाले नेपालले दक्षिण कोरियाबाट लिन सकिने लाभ पनि नेपालले लिन नसकेको बताएका छन् । संसदमा शुन्य समयमा बोल्दै साँसद झाले दक्षिण कोरियाको राष्ट्रिय पेन्सन विमाबाट लिन सकिने लाभ समेत लिन नसकेको बताए ।

उनले सो विमा अन्तर्गत श्रमिकको तलवको चार दशमलव ५ प्रतिशत र रोजगारदाताले पनि त्यति नै जोडेर पेन्सन उपलव्ध गराउने दक्षिण कोरियाको कानुन रहेको बताए । सन् २००८ यता नेपालबाट १ लाख ६ हजार नेपाली श्रमिक दक्षिण कोरियामा रोजगारीमा गएको र हाल ४० हजार कार्यरत रहेको भन्दै साँसद झाले यदि नेपालले कोरिायसँग सम्झौता गरेर यो कार्यान्वयन गरेको भए हालसम्म १ खर्व २७ अर्व थप रकम नेपाल भित्रिने थियो भने ।

नेपालबाट सन् २००८ देखि रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत श्रमिक दक्षिण कोरिया पठाउन थालेको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय