विदेशबाट स्वदेश फर्किन सहज बनाउने निर्णय, उडान थपिने

पिसिआर परीक्षण गरी नेगेटीभ रिपोर्ट भएका यात्रु मात्र ल्याउने गरी नियमित उडान भएका मुलुकहरुमा सम्वन्धित हवाईजहाज कम्पनीहरुले थप उडान गर्न सक्ने भएका छन् । पर्यटन मन्त्री योगेश भट्टराईका अनुसार कुनै कम्पनीले कम्पनीकै खर्चमा कामदारलाई नेपाल फर्काउन चाहेमा त्यसलाई प्राथमिकतामा राखेर उडान अनुमती प्रदान गर्ने निर्णय पनि भएको छ ।

उपप्रधान मन्त्री ईश्वर पोखरेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, पर्यटन मन्त्री योगेश भट्टराई तथा श्रम मन्त्री रामेश्वर राय यादवका बीचमा भएको छलफल पश्चात यस्तो निर्णय भएको हो । मन्त्री भट्टराईका अनुसार यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान मन्त्री पोखरेलबीचको उच्चस्तरीय परामर्शबाट अन्तराष्ट्रिय उडानको संख्या थप्ने समझदारी भएको हो ।

यसैगरी वैदेशिक रोजगार बोर्ड अन्तर्गतको कल्याणकारी कोषको खर्चमा उद्धार गर्नु पर्नेहरुका लागि श्रम मन्त्रालयले सम्बन्धित देशमा रहेको नेपाली नियोगसँग समन्वयमा उडानको ब्यवस्था गर्ने निर्णय पनि भएको छ । नियमित उडान नभएका मुलुकमा पिसिआर नेगेटीभ रिपोर्ट भएका यात्रुका लागि मागका आधारमा उडान संख्या थप गर्ने पनि निर्णय भएको छ ।

मन्त्री भट्टराईले विदेशी भूमीमा अप्ठ्यारो अवस्थामा रहेका नेपाली प्रति सरकार संवेदनशील रहेको भन्दै उनीहरुको स्वदेश फिर्तीका लागि सरकारले सक्दो कोशिस गरिरहेको र सरकारले आफ्नो प्रयत्न बढाउँदै लैजाने बताएका छन् ।

यसअघि यहि हप्ता साउदी अरेवियामा ठूलो संख्यामा नेपालीले स्वदेश फिर्तिको माग गर्दै सरकार विरुद्ध नारावाजी गरेका थिए । यसैगरी साउदी अरेवियामा नै रहेका अन्य कम्पनीमा कार्यरत नेपालीले पनि स्वदेश फर्काउन माग गरेका थिए ।

यो पनि पढ्नुहोस् : उपत्यकाका जिल्ला प्रशासनको निर्णयः विदेश जाने व्यक्तिलाई आवतजावतमा सहजिकरण 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय