नेपाल नफर्काएको भन्दै साउदीमा सरकार विरुद्ध चर्को नारावाजी, महिनौ देखि काम विहिन

साउदी अरवको एक कम्पनीमा रोजगारीका लागि पुगेका नेपालीहरुले महिनौं देखि रोजगारविहिन भएर अलपत्र अवस्थामा बस्नु पर्दा पनि नेपाल नफर्काएको भन्दै दूतावास र नेपाल सरकार विरुद्ध चर्को नारावाजी गरेका छन् । रियाद स्थित एक सप्लाई कम्पनीमा रोजगारीका लागि पुगेका उनीहरु मध्ये कतिपय ७ महिना देखि बेरोजगार छन् ।

अञ्जुलीमा ओभरसिजबाट साउदी गएका उनीहरु साउदी मेनपावर कम्पनी मार्फत रियाद स्थित सामास्को नामको कम्पनीमा रोजगारीमा रहेका थिए । तर कोभिड १९ को महामारीका कारण रोजगारी गुमेका उनीहरु ठूलो संख्यामा एउटै हलमा बस्न बाध्य छन् ।

मलेसियामा एक नेपालीलाई मृत्युदण्डको फैसला

रोजगारी उपलव्ध हुन नसकेपछि आफूहरुलाई नेपाल फर्काइदिन आग्रह गर्दा कम्पनीले दूतावासलाई देखाउने र दूतावासले कम्पनीलाई देखाउने गरेको सोही कम्पनीमा कार्यरत आफूलाई परदेशी कान्छो तेज भनेर चिनाउने एक नेपालीले देशपरदेशलाई बताएका छन् । उनले कम्पनीमा आफूहरुलाई फर्काउन आग्रह गर्दा टिकट वापतको रकम आफूहरुले दूतावासलाई बैंक मार्फत भुक्तानी गर्न खोजेको तर दूतावासले नगद नै जम्मा गर्न भनेको र आज दूतावासमा यस विषयमा कुरा गर्दा दूतावासका अधिकारीले कम्पनीले खातामा जम्मा गरेको रकमको भर नहुने भएका कारण नगद नै जम्मा गर्न आग्रह गरिएको बताएका छन् । यस बारेमा साउदी स्थित नेपाली दूतावासको धारणा लिने प्रयास जारी नै छ । यस विषयमा आवश्यक सहयोगका लागि नेपाली मजदुर एकता समाजले पनि आवश्यक समन्वयको काम गरिरहेको जनाएको छ ।

हिजो कम्पनीमा आफूहरुलाई नेपाल फर्काउन माग गर्दै ठूलो संख्यामा नेपालीले नारावाजी गरेको भिडियो सामाजिक सञ्जालमा सोमवार सार्वजनिक भएको छ । सो भिडियोमा उनीहरुले दूतावास तथा नेपालका प्रधानमन्त्री प्रति आक्रोश पोखेका छन्

यो पनि पढ्नुहोस् भिजिट भिषाको म्याद गुज्रिएकाहरुलाई विना जरिवाना स्वदेश फर्किने म्याद चार दिन बाँकी

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: