मलेसियामा एक नेपालीलाई मृत्युदण्डको फैसला

मलेसियामा एक नेपाली नागरिकलाई हत्या अभियोगमा एक अदालतले मृत्युदण्डको फैसला गरेको छ । चार बर्ष अगाडी लरी चलाउने एक व्यक्तिको हत्या गरेको ठहर गर्दै उनलाई उच्च अदालतले मृत्युदण्डको फैसला गरेको स्थानीय सञ्चार माध्यमले लेखेका छन् ।

३६ बर्षिय सुरज देव साह तेलीलाई सो घटनामा दोषि ठहर्याउँदै उच्च अदालतका न्यायाधिक मोहम्मद राजिद हारुनले मृत्युदण्डको फैसला गरेको समाचारमा जनाइएको छ । तेली मलेसियामा कृषि श्रमिकका रुपमा कार्यरत रहेको अवस्थामा घटना भएको बताइएको छ ।

तेलीले अर्का एक ३४ बर्षिय व्यक्तिलाई सन् २०१६, डिसेम्वर २ तारिखका दिन विहान १ः३० देखि ४ बजेर ५ मिनेटको बीचमा हत्या गरेको प्रहरीको अभियोग थियो जसलाई अदालतले पनि सदर गरेको हो । नेपाली दूतावासका तर्फबाट अधिवक्ता खारेन जीतकौरले तेलीका तर्फबाट मुद्धा लडेकी थिइन् ।

समाचार श्रोतः TheSunDaily
यो पनि पढ्नुहोस् कतारमा कडाई

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय