भिजिट भिषाको म्याद गुज्रिएकाहरुलाई विना जरिवाना स्वदेश फर्किने म्याद चार दिन बाँकी

संयुक्त अरव ईमिरेट्स (युएई) ले मार्च १, २०२० पछि भिजिट भिषाको म्याद सकिएकाहरुलाई विना जरिवाना स्वदेश फर्किन दिएको समयावधि सकिन चार दिन मात्र बाँकी रहेको छ । सो समयावधि सेप्टेम्वर ११ मा सकिंदैछ ।

गल्फ न्यूजका अनुसार युएईको सरकारी कार्यालयले भिषाको समयावधि सकिएका भिजिट भिषा भएकाहरुलाई विना जरिवाना स्वदेश फर्किन पाउने समयावधि गत अगष्ट ११ देखि एक महिनाको लागि थपेको थियो । सो समय सेप्टेम्वर ११ सम्म रहने भएका कारण अवको चार दिन भित्र त्यस्तो भिषा भएकाहरुले या त स्वदेश फर्किनु पर्ने वा भिषा नविकरण गर्नुपर्ने जनाइएको छ । त्यसो गर्न नसक्नेहरुले जरिवाना तिर्नुुपर्नेछ ।

यसअघि युएईको सरकारले कोभिड १९ को महामारीका कारण आवतजावतमा आइपरेको समस्याका कारण त्यस्ता म्याद सकिएका भिषाको समयावधि डिसेम्वर, २०२० सम्म थप्ने घोषणा गरेपनि पछि त्यसलाई सेप्टेम्वर ११ सम्म मात्र समया बढाइएको थियो ।

यदि तोकिएको समयावधिभित्र स्वदेश फर्किन वा भिषा नविकरण गर्न असमर्थ रहेमा त्यस्ता व्यक्तिले पहिलो दिन २ सय दिराम तथा त्यसपछि प्रत्येक दिनको १ सय दिरामका दरले जरिवाना तिर्नुपर्नेछ । यसैगरी थप १ सय दिराम पनि सेवा शुल्क वापत तिर्नुपर्ने स्पष्ट पारिएको छ ।

हाल पनि युएईबाट नेपालका लागि थोरै उडान भएका कारण कतिपय नेपाली भिषाको म्याद सकिएपनि स्वदेश फर्किन नपाएको भन्दै सामाजिक सञ्जालमा गुनासो गरिरहेका छन् । यदि युएई सरकारले भिषाको म्याद सकिएकाहरुलाई विना जरिवाना स्वदेश फर्किने व्यवस्था नगरेमा यसबाट त्यस्ता व्यक्ति समस्यामा पर्नेछन् ।

यो पनि पढ्नुहोस् कतारमा कडाई

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय