उपत्यकाका जिल्ला प्रशासनको निर्णयः विदेश जाने व्यक्तिलाई आवतजावतमा सहजिकरण

उपत्यकामा जारी तीन साता लामो निषेधाज्ञा स्थानीय प्रशासनले विहिवार देखि लागु हुनेगरी करिव करिव हटाएको छ । उपत्यकाका तीनवटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले जारी गरेको आदेश अनुसार अव केहि शर्त सहित पसल खुल्नेछ, यातायातका साधन चल्नेछन् । तर निषेधाज्ञा करिव करिव धेरै क्षेत्रका लागि खुलेपनि केहि क्षेत्रका लागि भनेंं भदौै ३१ सम्म जारी रहने स्पष्ट पारिएको छ ।

जिल्ला प्रशासन कार्यालयद्धारा जारी विज्ञप्तीको बुँदा नम्वर १५ मा विदेश जाने व्यक्तिहरुको लागि आवतजावतमा सहजिकरण गर्न सकिने उल्लेख छ । सुरक्षित गन्तव्य मुलुकहरुमा वैदेशिक रोजगारमा जान ईच्छुक व्यक्तिहरुलाई जानका लागि ईजाजत दिने निर्णय यस अगाडी नै सरकारले गरिसकेको छ । यसबीचमा केहि मुलुकहरुबाट श्रमिकको माग समेत आइरहेको र जान ईच्छुक व्यक्तिहरु समेत रहेको सन्दर्भमा सरकारले यस्तो निर्णय गरेको हो ।

शैक्षिक संस्था, फिल्म हल र जिमखाना लगायत यसअघि बन्द गरिएका क्षेत्र नयाँ निर्णय नभइन्जेल बन्द नै रहने छन् । भोजभतेर, जात्रा पर्व मनाउन एकैठाउँमा भेला हुने लगायतका कुरामा बन्देज कायमै छ ।

१६ सिटभन्दा बढी क्षमता भएका सार्वजनिक सवारी साधनले थोरै यात्रु राखेर चलाउन पाउनेन् । ट्याक्सीको हकमा चालकसहित ३ जनासम्म चलाउन पाइने भएको हो । परिवारको हकमा थप दुई बालबालिका पनि सँग यात्रा गर्न पाउनेछन् ।

अब तरकारी, दुध तथा खाद्यवस्तुका पसलहरु बिहान ११ बजेसम्म र बेलुकी ५ देखि ७ बजेसम्म खोल्न पाइने व्यवस्था गरिएको छ । यो आदेशमा काठमाडौंमा विभिन्न किसिमका पसलहरु कुन बार खोल्न पाइने भन्ने उल्लेख गरिएको छ । सपिङ मल, फेन्सी, जुत्ता, कस्मेटिकका पसलहरु स्वास्थ्य मापदण्ड अपनाइ सातामा सोमबार, बुधबार र शनिबारमात्र खोल्न पाइने निर्णय प्रशासनले गरेको छ ।

यस्तै, भाडा र भान्साका सामाग्रीका पसल आइतबार मंगलबार र शुक्रबार खोल्न पाइनेछ । यस्तै, फर्निचर र अटोबाइलका पसल सोमबार र बुधबारमात्रै खोल्न पाइनेछ ।

फुटपाथ, ठेला, स्टेसनरी, इलेक्ट्रिक्सका पसल र डिपार्टमेन्टल स्टोरहरु बिहान ११ बजेसम्म र बेलुकी ४ देखि ७ बजेसम्म खोल्न पाइने आदेश गरिएको छ । प्रशासनले यी निर्णयहरु भदौ ३१ गते मध्यरातिसम्म लागू हुने पनि जनाएको छ ।

यो पनि पढ्नुहोस् ११ महिनादेखि विना तलव, स्वदेश फर्किने प्रतिक्षामा

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय