११ महिनादेखि विना तलव, स्वदेश फर्किने प्रतिक्षामा

साउदी अरवबाट थप दुईवटा कम्पनीका कार्यरत नेपालीहरुले आफूहरु समस्यामा रहेको भन्दै उद्धारको अपिल गरेका छन् । साउदी अरवको रियाद स्थित ति दुई कम्पनीमा काम गर्ने नेपालीहरुले आफूहरुको उद्धारमा दूतावासले पनि आवश्यक मद्धत नगरेको गुनासो गरेका छन् ।

साउदी अरवको रियाद स्थित अव्वल कम्पनीमा रोजगारीका लागि पुगेका मिन बहादुर लामिछानेले सो कम्पनीले विगत ११ महिनादेखि आफूहरुलाई तलव सुविधा उपलव्ध नगराएको बताए । कम्पनी कालो सुचिमा परेका कारण साउदी यूनियन र अल मन्सरीको नाममा काम गरिरहेको भन्दै लामिछानेले कम्पनीले अव स्वदेश फर्किन टिकट काट्न दवाव दिइरहेको बताए । “कम्पनीले एक्जिट लगाएको १५ दिन भईसक्यो”, उनले भने “कम्पनीले टिकट लिएर नआए बस्दै आएको भवन छोड्नु भनेर दवाव दिइरहेको छ तर हामीसँग टिकट काट्ने अवस्था छैैन ।” सो कम्पनीमा १५ जना नेपाली कार्यरत छन् ।

यसैगरी रियाद स्थित माहारा कम्पनीमा कार्यरत नेपालीले पनि आफूहरु विगत ६ ७ महिनादेखि बेरोजगार भएर बसिरहेको र स्वदेश फर्किने प्रयासमा रहेको बताएका छन् । “हामीले कम्पनीमा कुरा गर्दा तिमिहरुको जहाजको टिकट बुक भइसकेको छ, तर तेरो देशको दूतावासले अनुमति दिएको छैन भन्छ”, सो कम्पनीमा कार्यरत सुवास लामाले भने, “हामी विरामी भएर समेत यहिं बस्नु परिरहेको छ ।”

आइतवार रियाद स्थित सामास्को नामको कम्पनीमा कार्यरत ठूलो संख्याका नेपालीले आफूहरुलाई स्वदेश फर्काउन दवाव दिंदै दूतावास र नेपाल सरकार विरुद्ध चर्को नारावाजी गरेका थिए । रियाद स्थित एक सप्लाई कम्पनीमा रोजगारीका लागि पुगेका उनीहरु मध्ये कतिपय ७ महिना देखि बेरोजगार छन् ।

अञ्जुलीमा ओभरसिजबाट साउदी गएका उनीहरु साउदी मेनपावर कम्पनी मार्फत रियाद स्थित सामास्को नामको कम्पनीमा रोजगारीमा रहेका थिए । तर कोभिड १९ को महामारीका कारण रोजगारी गुमेका उनीहरु ठूलो संख्यामा एउटै हलमा बस्न बाध्य छन् ।

रोजगारी उपलव्ध हुन नसकेपछि आफूहरुलाई नेपाल फर्काइदिन आग्रह गर्दा कम्पनीले दूतावासलाई देखाउने र दूतावासले कम्पनीलाई देखाउने गरेको सोही कम्पनीमा कार्यरत आफूलाई परदेशी कान्छो तेज भनेर चिनाउने एक नेपालीले देशपरदेशलाई बताएका छन् । उनले कम्पनीमा आफूहरुलाई फर्काउन आग्रह गर्दा टिकट वापतको रकम आफूहरुले दूतावासलाई बैंक मार्फत भुक्तानी गर्न खोजेको तर दूतावासले नगद नै जम्मा गर्न भनेको र आज दूतावासमा यस विषयमा कुरा गर्दा दूतावासका अधिकारीले कम्पनीले खातामा जम्मा गरेको रकमको भर नहुने भएका कारण नगद नै जम्मा गर्न आग्रह गरिएको बताएका छन् ।

यस विषयमा पीडितहरुलाई दूतावाससँग समन्वयको प्रयास आफूहरुले गरिरहेको नेपाली मजदुर एकता समाजले जनाएको छ । सो सम्वन्धि समाचार पढ्नुहोस्:

नेपाल नफर्काएको भन्दै साउदीमा सरकार विरुद्ध चर्को नारावाजी, महिनौ देखि काम विहिन

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: