मलेसियाबाट पहिलो चरणमा ३३ सय फर्किए, एकसाता पछिका लागि पुनः तीनवटा उडानको तालिका सार्वजनिक

कोभिड १९ का कारणले मलेसिया तथा फिलिपिन्स, भियतनाम लगायतका मुलुकहरुमा अलपत्र परेका मध्ये पहिलो चरणमा ३ हजार ३ सय २२ जना नेपाली स्वदेश फर्किएका छन् । मलेसिया स्थित नेपाली दूतावासका अनुसार फिलिपिन्सबाट १ सय ९ जना तथा हङकङ, भियतनाम, सिंगापुर, ताईवान र स्पेनबाट समेत गरी २१ वटा उडान मार्फत ३ हजार ३ सय २२ जना स्वदेश फर्किएका हुन् ।

दूतावासका अनुसार क्वालालम्पुरबाट भएका उडानहरुबाट मलेसियाको विभिन्न जेल तथा डिटेन्सन केन्द्रहरुमा रहेका ६९ जना नेपाली पनि फर्केका छन् । पहिलो चरणका उडानका क्रममा ३९ वटा शव पनि नेपाल फर्काइएको छ ।

यसैबीच मलेसियाबाट आगामी जुलाई १९ तारिखका दिन तीनवटा उडान हुने तय भएको छ । सो अनुसार नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स तथा मालिन्दो एयरले नेपाल उडान गर्ने तय भएको दूतावासले जनाएको छ । त्यसका लागि अनलाइन मार्फत नाम दर्ता गर्न र आफ्नो स्वदेश फिर्तिका लागि नाम तय भइसकेपछि सम्वन्धित एयरलाइन्समा सम्पर्क गरी आवश्यक प्रकृया सकेर टिकट लिन दूतावासले अनुरोध गरेको छ । यसका लागि चेक आउट मेमो, कोभिड १९ को परीक्षण रिपोर्ट लगायत आवश्यक पर्ने भन्दै त्यसको प्रवन्ध गर्न पनि दूतावासले जानकारी दिएको छ ।

सरकारले विदेशमा अलपत्र नेपालीलाई आफ्नै खर्चमा स्वदेश फर्किनका लागि आगामी साता ४२ वटा चार्टर्ड उडान गर्ने योजना अन्तर्गत नै ति उडान हुन लागेका हुन् ।
यो पनि पढ्नुहोस् कोभिड १९ का कारण ठूलो संख्यामा कटौति हुन थाल्यो रोजगारी

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय