कोभिड १९ का कारण ठूलो संख्यामा कटौति हुन थाल्यो रोजगारी

कोभिड १९ का कारण रोजगारी गुमाउनेहरुको संख्यामा वृद्दि भएको छ । यसको प्रत्यक्ष मारमा देखिएका छन् हवाई सेवा क्षेत्रमा कार्यरत श्रमिकहरु । युएईको हवाई सेवा प्रदायक ईमिरेट्स एयरलाइन्सले हालसम्म १० प्रतिशत कर्मचारी कटौति भएको र यो निकट भविष्यमै १५ प्रतिशत पुग्ने समाचार सार्वजनिक भएको छ । यदि १५ प्रतिशतले रोजगारी गुमाएमा ९ हजार व्यक्तिको रोजगारी गुम्ने छ । खाडी क्षेत्रकै धेरै उडान भर्ने ईमिरेट्सले २ सय ७० वटा वाईडबडी जहाजबाट उडान गर्दै आएको थियो ।

यसैबीच विश्वभरीमा गरी उड्डयन उद्योगको क्षेत्रमा काम गर्ने मध्ये १० लाख व्यक्तिको रोजगारी गुम्ने सम्भावना रहेको ईन्टरनेटशनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आईएटीए) ले जनाएको छ । गत हप्ता अमेरिकाका सबैभन्दा ठूला तीनवटा हवाई कम्पनीको एक साझा संस्थाले आफ्ना कर्मचारीहरुलाई उडानमा आएको कमीको कारण तत्काल ३६ हजार रोजगारी कटौती हुन सक्ने चेतावनी दिइसकेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय