३ सय ९६ नेपाली लिएर उडे नेपाल एयरलाइन्सका दुई विमान, विदाईका लागि राजदूतहरु विमानस्थलमा

साउदी अरेविया तथा कतारबाट ३ सय ९६ जना नेपाली लिएर नेपाल एयरलाइन्सका विमान उडेका छन् । कोभिड १९ का कारण समस्यामा परेर स्वदेश फर्किने पर्खाईमा रहेका उनीहरुलाई लिएर ति विमान फर्किदैछन् ।

साउदी स्थित नेपाली दूतावासका अनुसार साउदी अरवको रियादबाट एक नावालक सहित २ सय ४७ जना नेपालीहरु स्वदेश फकिएका छ्न । सो उडानबाट विगत ६ महिना देखि नेपाली राजदूतावासको सेल्टरमा रहेका ४ जना महिला सहित १२ जना महिला पनि स्वदेश फर्किएका छन् ।

साउदी अरबका लागि नेपालका राजदूत प्रा. डा. महेन्द्र प्रसाद सिंह राजपूत तथा नेपाली राजदूतावासका कर्मचारीहरूले स्वदेश फर्किएका नेपालीहरुलाई विदाई गरेका थिए ।

यसैगरी कतारबाट पनि १ सय ४९ जना नेपाली फर्केका हुन् । सो उडान मार्फत २९ जना सुत्केरी र गर्भवती सहित ८२ जना महिला, ३ जना नाबालक तथा ६४ जना पुरुष स्वदेश फर्किएका छन् । कतारबाट स्वदेश फर्किनेहरुलाई कतारका लागि नेपाली राजदूत डा. नारदनाथ भारद्धाज लगायतले विदाई गरेका थिए ।

यो पनि पढ्नुहोस् स्वदेश फर्किन खर्च अभाव भएकाहरुलाई निःशुल्क फर्काउन कार्यविधि बनाउन सुरु

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय