विदेशबाट तत्काल सवै नेपालीलाई ल्याउन सकिन्नः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल विदेशबाट सवैलाई नेपाल फर्काउन नसकिने बताएका छन् । उनले संसदमा सरकारको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम बारे बोल्दै यस्तो बताएका हुन् । उनले प्राथमिकताका आधारमा मात्र अप्ठ्यारोमा परेकाहरुलाई स्वदेश ल्याउन सकिने बताए । सवै नेपालीलाई तत्काल फिर्ता गर्न खोजे त्यसले अर्को समस्या निम्तिने प्रधानमन्त्रीको भनाई छ ।

प्रधानमन्त्री ओलीले प्रश्न गरे, विदेशमा रहेका ४५ लाख नेपालीलाई स्वदेश फर्काउन ल्याउन कति समय लाग्ला ? गणितमा म कमजोर छु, हामीसँग कतिवटा जहाज छन्, तिनलाई लगातार उडायौं भनें कति समय लाग्छ ? उनले यो सजिलो काम नभएको बताए ।

प्रधानमन्त्री ओलीले अमेरिका, अष्ट्रलिया लगायतका मुलुकहरुले थोरै मान्छे लगेजस्तो नेपाली फिर्ता गर्ने काम नभएको तर्क गरे । उनले भनेः कतारका केहि मान्छे नेपालमा थिए, तिनिहरुलाई कतारले लग्यो । तर हाम्रा पौने चारलाख नेपाली कतारमा छन् । त्यसैले उनीहरुलाई ल्याउन सकिन्न ।

‘कोरोना विरुद्दको खोप मान्छेमा सफल’

संसदमा साँसदहरुले उठाएका प्रश्नको उत्तर दिंदै प्रधानमन्त्री ओलीले भनेः कतारबाट ल्याउने पौने चारलाखलाई क्वारेण्टाइनमा कुन जनशक्तिले राख्न सक्छ ? हामीले देश फर्किन नदिने भनेको होइन, ल्याउने तयारी हुँदैछ । तर कतिलाई ल्याउनै पर्दछ, कतिलाई ल्याउन सकिन्छ ? त्यसको राम्रोसाग अध्ययन हुन जरुरी छ ।

उनले कतार, कुवेत, बहराइन, ओमान, साईप्रस, युएई, ईजरायल लगायतका मुलुकहरुका प्रधानमन्त्री तथा राष्ट्रपतिहरुसँग कुराकानी गरेको भन्दै ति मुलुकका सरकारलाई नेपाली नागरिकलाई अलिकति अप्ठ्यारो पर्ने लखेट्नु हुन्न भनेको बताए ।

कुवेतमा रहेका अवैधानिक रुपमा बसेकाहरुलाई कानूनी बनाउने, उनीहरुलाई कोरोनाको समस्या सकिएपछि उनीहरुलाई त्यहिं काम गर्न बस्ने वा स्वदेश फर्किने विकल्प दिइने कुरा भएको पनि प्रधानमन्त्री ओलीले प्रष्ट्याए ।

प्रधानमन्त्री ओलीले भनेः हामी ह्वार ह्वार विदेशबाट ल्याएर, उनीहरुको व्यवस्थापन गर्न नसकेर मुलुकभित्र कोरोना फैलाउने र स्वदेशमा रहेका नागरिकलाई पनि अप्ठ्यारोमा पार्ने पक्षमा छैनौं । अप्ठ्यारो परेकाहरुलाई फिर्ता ल्याइनेछ तर जथाभावी होइन, उनले भने ।

यो पनि पढ्नुहोस् बेरोजगार भएकाहरुलाई सम्भव भएसम्म रोजगारीमा नै जोडिनेछः प्रधानमन्त्री ओली

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय