‘कोरोना विरुद्दको खोप मान्छेमा सफल’

मान्छेमा गरिएको कोरोना भाइरस (कोभिड १९) को खोपले चाँडै र सकारात्मक नतिजा दिएको छ । अमेरिकामा पहिलोे चरणमा स्वयंसेवीहरुमा गरिएको परीक्षणमा सो खोपले ति व्यक्तिहरुको शरिरमा एन्टीबडी राम्रोसँग विकास भएको देखिएको खोप परीक्षण गर्ने संस्थाले जनाएको छ । तर यसको अर्को चरणको परीक्षण भनें हुन बाँकी नै छ । तर परीक्षण सफल भएसँगै कोभिड १९ विरुद्दको अभियानमा ठूलो आशाको सञ्चार भएको छ ।

सिएनएनका अनुसार नेशनल इन्स्टिच्युट अफ हेल्थको साझेदार बायोटेक कम्पनी ‘मोडेर्ना’ ले तयार पारेको सो खोपको सकारात्मक नतिजाका बारेमा सोमवार साँझ जानकारी दिइएको हो । सो खोपले अपेक्षा भन्दा धेरै सकारात्मक नतिजा दिएको छ ।

खोप विकास गर्ने कम्पनीका आधिकारिक व्यक्तिलाई उधृत गर्दै सिएनएनले लेखेको छः यदि भविष्यको अनुसन्धान सही बाटोमा अगाडी बढ्यो भनें जनवरीको सुरुवातमा हामी खोपलाई आमनागरिकका लागि उपलव्ध गराउन सक्नेछौं । उनले यो सुखद समाचार रहेको र यसको प्रतिक्षा धेरै व्यक्तिले गरिरहेको पनि समाचारमा उल्लेख छ ।

समाचार अनुसार सो खोप लगाइएका व्यक्तिहरुमा रोग प्रतिरोधी क्षमता कोरोनाभाइरससँग लड्ने क्षमता निको भइसकेका बिरामीको बराबर वा त्यसभन्दा धेरै छ । तर सो खोप थप परीक्षणपछि बजारमा आउन आगामी वर्षको जनवरी अर्थात पुस, माघसम्म समय लाग्नेछ । सो खोप पहिलो चरणमा सफल देखिएपनि यसको थप परीक्षण गर्न बाँकी नै रहेको सो संस्थाले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार मोडेर्ना कोरोनाभाइरस विरुद्धको खोप मान्छेमा परीक्षण गरिरहेका विश्वका आठमध्येको एक कम्पनी हो ।
मोडेर्नाले आठ जनामा दर्जनभन्दा बढी पटक यो खोप परीक्षण गरेको थियो । सबै जनामा भाइरसलाई निस्क्रिय गर्ने क्षमता यसअघि संक्रमित भएर निको भएका बिरामीमा झैँ बढेको थियो ।

सिएनएनमा प्रकाशित समाचार पढ्न यहाँ क्लीक गर्नुहोस् https://edition.cnn.com/2020/05/18/health/coronavirus-vaccine-moderna-early-results/index.html

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय