बेरोजगार भएकाहरुलाई सम्भव भएसम्म रोजगारीमा नै जोडिनेछः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले बेरोजगार भएका, रोजगारी गुमेकाहरुलाई सम्भव भएसम्म रोजगारीका अवसरहरु उपलव्ध गराउनु पर्ने बताएका छन् । त्यस्ता व्यक्तिको कमाईबाट आम्दानी सुनिश्चित गर्ने नै दिगो बाटो हुने बताए । यसले देशको अर्थतन्त्रलाई कमजोर हुन पनि नदिने भएका कारण सरकार त्यहि बाटोमा जान खोजिरहेको प्रधानमन्त्री ओलीले बताए ।

सरकारको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रमका सन्दर्भमा उठेका प्रश्नहरुको संसदमा जवाफ दिंदै प्रधानमन्त्री ओलीले करोडौं मानिस रोजगारविहिन, आम्दानीबाट वञ्चित हुने गम्भीर स्थीति आएको बताए । उनले नेपालको कृषि क्षेत्रमा तथा अरु क्षेत्रमा उत्पादन कसरी बढाउने, उपभोग्य वस्तुको उपलव्धता कसरी बढाउने भनेर सरकार प्रयासरत रहेको बताए । प्रधानमन्त्री ओलीले दाल, चामल, नुन जस्ता कुरा बाँच्नका लागि नभई नहुने भन्दै ति न्यूनतम कुरा कसरी उपलव्ध गराउने भनेर गम्भीर हुन जरुरी रहेको बताए ।

प्रधानमन्त्री ओलीले राहतका प्याकेज देखाउने कुरा होइन भन्दै त्यो रहरको पनि विषय नभएको बताए । यो समाचार तयार पार्दा प्रधानमन्त्री ओलीले संसदमा बोलिरहेका छन् ।

यो पनि पढ्नुहोस् सरकारको नीति तथा कार्यक्रमः यी हुन् रोजगारी सम्वन्धि मुख्य योजना

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय