मन्त्रिपरिषद बैठक सकियो, विमानस्थल बन्दको समय र लकडाउन बढाउने निर्णय

सरकारले आगामी असार १६ गतेसम्म विमानस्थल बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको शनिवारको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले विदेशमा अलपत्र रहेका नेपालीलाई ल्याउने कार्ययोजना स्वीकृत गरेको श्रोतले बताए पनि यसका विषयमा सरकारका प्रवक्ताले कुनै जानकारी दिएनन् । स्वदेश फर्किन चाहने विदेशमा अलपत्र रहेका आफ्ना नागरिकलाई प्राथमिकताका आधारमा फर्काउने कार्ययोजना उच्चस्तरीय समितिले शुक्रवार पारित गरेको थियो ।

मन्त्रिपरिषद बैठकका बारेमा जानकारी दिने क्रममा कार्ययोजना पारित भए/नभएको तथा कहिले देखि विदेशमा अप्ठ्यारोमा रहेका नेपालीलाई फर्काउने विषयमा कुनै निर्णय भए/नभएको विषयमा अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिएनन् ।  विश्व स्वास्थ्य संगठनको मापदण्ड पुरा गरेर मात्र विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरु ल्याउने अर्थमन्त्री खतिवडाले बताए ।

यसैगरी जारी लकडाउन जेठ ३२ गतेसम्म लम्ब्याउने पनि निर्णय गरेको छ ।

यो पनि पढ्नुहोस् अष्ट्रेलियाबाट नेपाल फर्किनेले पालना गर्नुपने शर्त र नियमहरु

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय