अष्ट्रेलियाबाट नेपाल फर्किनेले पालना गर्नुपने शर्त र नियमहरु

अष्ट्रेलिया स्थित नेपाली दूतावासले कोभिड १९ का कारण समस्यामा परेर स्वदेश फर्किन चाहनेहरुले पालना गर्नुपर्ने शर्त सहित सुचना गर्दै फारम भर्न बाँकी रहेकाहरुलाई विवरण अद्यावधिक गर्न आग्रह गरेको छ ।

दूतावासले तत्काल स्वदेश फर्किनु पर्ने अवस्थामा रहेका नेपालीलाई आफ्नो विवरण अद्यावधिक गर्न आग्रह गर्दै सुचना निकालेको हो । दूतावासद्दारा जारी सुचनामा नेपाल सरकार मन्त्रिपरिषदको जेष्ठ १२ गतेको निर्णय अनुसार कोभिड(१९ विश्वव्यापी सङ्क्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकहरूलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश २०७७” जारी भएको सन्दर्भमा कोभिड(१९ महामारीको परिणामस्वरूप बन्दाबन्दीको कारणले नेपाल फर्कन नपाएका र तत्काल नेपाल फर्कनुपर्ने बाध्यतामा रहेका अष्ट्रेलिया र यस राजदूतावासको कार्यक्षेत्र अन्तर्गतका देशहरूमा रहेकाहरुका लागि सुचना निकालेको हो ।
दूतावासले प्राथमिकताका आधारमा नेपाल फर्कने व्यवस्था गर्न लागिएको भन्दै अद्यावधिक विवरण आवश्यक रहेको भन्दै यसअगाडी नाम टिपाएका तथा नाम टिपाउन बाँकी रहेकाहरुलाई दूतावासको वेभसाइटमा राखिएको फारम भर्न अनुरोध गरेको हो । दूतावासले यसका लागि जुन २ तारिखसम्मको समयावधि तोकेको छ ।

दूतावासले नेपाल फर्किनेहरुले पालना गर्नुपर्ने शर्तहरुका बारेमा गराएको जानकारी अनुसार नेपाल प्रवेश गर्ने प्रत्येक व्यक्तिले अनिवार्य रूपमा १४ ९चौध० दिनसम्म स्थानीय तहको क्वारेन्टिन वा स्थानीय प्रशासनले व्यवस्था गरेको होटल क्वारेन्टिनमा बस्नु पर्नेछ । तत्पश्चात् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेबमोजिम स्वास्थ्य परीक्षण भएपछि थप ७ दिन अनिवार्य होम क्वारेन्टिनमा समेत बस्नु पर्नेछ ।

यसैगरी हवाई उडान खर्च, होटल क्वारेन्टिन खर्च, विमानस्थलदेखि क्वारेन्टिनस्थलसम्मको यातायात खर्चलगायतका सम्पूर्ण खर्च व्यक्ति स्वयंले ब्यहोर्नु पर्नेछ । तर खर्च व्यहोर्न नसक्नेहरुको खर्च सरकारले व्यहोर्ने निर्णय सरकारद्धारा गठित उच्चस्तरीय समितिले कार्ययोजना तयार पार्दा गरिसकेको छ ।

कुवेत, साउदी अरेविया लगायतका केहि मुलुकले आफ्नै वायुसेवा मार्फत श्रमिकलाई स्वदेश फर्काउने जानकारी गराएका कारण खाडीका मुलुकमा कार्यरत केहि कामदारका लागि भनें हवाई सेवा वापतको खर्च लाग्ने छैन ।

स्वदेश फर्कने व्यक्तिले हवाई उडान गर्नुअगाडि कोभिड(१९ सङ्क्रमण नभएको स्वास्थ्य परिक्षण ९पि।सी।आर।० रिपोर्ट दूतावासमा पेश गर्नुका साथै आफ्नो साथमा पनि राख्नु पर्नेछ ।

विदेशबाट जाने प्रत्येक यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा स्वास्थ्य स्वघोषणा फाराम भर्नु पर्नेछ र निजको ज्वरो मापन गरी एकसय दशमलव चार डिग्री फरेनहाइट भन्दा बढी ज्वरो आएकालाई सोझै आइसोलेसन कक्षमा र अन्यलाई होल्डिङ सेन्टरमा लगिने छ ।

नेपाल भित्रिएका प्रत्येक व्यक्तिले आफ्नो मोबाइलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको “हाम्रो स्वास्थ्य एप” डाउनलोड गरी क्वारेन्टिनमा रहँदाको अवधिको नियमितरूपमा स्वास्थ्य विवरण अध्यावधिक गर्नु पर्नेछ।

विमानस्थलमा पुगेपश्चात् प्रत्येक यात्रुलाई काडमाडौं चक्रपथ आसपासमा रहेका होल्डिङ सेन्टरमा लगी आवश्यक प्रक्रिया पूरा भएपछि मात्र सम्बन्धित जिल्लामा रहेका क्वारेन्टिनस्थलमा ट्रान्स्फर गरिने छ ।

नेपाल जाने प्रत्येक व्यक्तिले तोकिएको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्नु पर्नेछ ।

खाडी मुलुक र मलेसियाबाट स्वदेश फर्किनेहरुको हकमा यात्रा तथा क्वारेण्टिनको खर्चका विषयमा भनें फरक व्यवस्था हुन सक्नेछ । उच्चस्तरीय समितिले स्वदेश फर्किन खर्च व्यहोर्न नसक्नेहरुलाई सरकारले नै ल्याउने निर्णय गरिसकेको तथा गन्तव्य मुलुक स्थित कम्पनी तथा त्यहाँको सरकारले नै विमान चार्टड गरेर फर्काउने भएका कारण उनीहरु भनें नेपालसम्म आउने खर्च लाग्ने छैन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय