कसैले तलव पाउँदै छन्, कसैलाई खान समेत समस्या पर्न थाल्यो

नोबेल कोरोना भाइरस (कोभिड १८) का कारण लामो समयदेखि उद्योग, कलकारखाना, प्रतिष्ठानहरु बन्द हुँदा त्यसको असर रोजगारीमा रहेकाहरुमा पनि पर्न थालेको छ । देशपरदेशको जिज्ञासामा वैदेशिक रोजगारमा रहेकाहरु मध्ये कतिपयले गत मार्च महिनाको तलव पाएको बताएका छन् भनें केहि नेपालीले आफूहरुलार्ई खानेकुराको समस्या पर्न थालेको बताए  ।

साउदी अरेवियाको दमाममा कार्यरत  मकवानपुरका गौतम घलान तामाङले काम रोकिएका कारण आफूहरुलाई खानेकुराको समेत  अभाव हुन थालेको बताएका छन् । स्थानीय एक रेष्टुराँमा काम गर्ने उनीहरुले मार्च महिनाको तलव समेत पाउन नसकेको र रोजगारदाताले आफूहरुको खानेकुराको समेत कुनै वास्ता नगरेको गुनासो गरे । आफूहरु बसिरहेको होष्टलमा १७ जना नेपाली रहेको भन्दै घलानले रोजगारदातासँग फोनमा तलवको विषयमा कुरा गर्दा आजभोली आउँछ भनेर टारिरहेको बताए । खानेकुरा सकिंदै गयो, पैसा पनि छैैन देशपरदेशसँगको कुराकानीका क्रममा उनले भने यसले परदेशको ठाउँमा के खाएर बस्ने भन्ने चिन्ता बढेको छ ।

यसैगरी कतारमा कार्यरत हेभि ड्राइभरका रुपमा राजेन्द्र यादवले पनि आफूहरुको  मार्च महिनाको तलव हालसम्म नआएको बताए । “म त नेपाल फर्किन चाहन्छु तर कहिले फर्किन पाइने हो ठेगान छैन” कुराकानीका क्रममा उनले भने “अव कम्पनीले पनि धेरै कामदार राख्न नसकिने बताइसकेको छ ।”

मलेसियामा कार्यरत तेज ठकुरीले पनि आफूले मार्च महिनाको तलव नपाएको बताएका छन् । मलेसियाको पुचोङमा कार्यरत ठकुरीले काम गरे तलव पाइने नगरे नपाइने बताए । तर मलेसियामा कार्यरत अरु केहि नेपालीले भनें आफूहरुले मार्च महिनाको तलव पाएको बताएका छन् ।

साउदी अरेवियाको रियादमा कार्यरत ललित अर्यालले पनि आफूहरुको कार्यसमय घटाइएको भएपनि तलव भनें पाएको बताए । यसैगरी युएईमा कार्यरत मात्रिका सापकोटाले पनि आफूले मार्च महिनाको तलव प्राप्त गरेको बताएका छन् ।

कम्पनीहरुले तलव नदिएका कारण समस्या परेको भएमा त्यस्ता श्रमिकलाई सहयोग गर्ने काम केहि संघसंस्थाहरुले सुरु गरेका छन् । मलेसियाको स्थानीय ट्रेड यूनियन मलेसियन ट्रेड यूनियन कंग्रेसले अवागमन नियन्त्रणको समयावधि बढाइएको अवस्थामा कुनै श्रमिकले तलव नपाएको भएमा अनलाइन हेल्प डेस्क मार्फत सहयोग लिन सक्ने व्यवस्था गरेको छ । सो सम्वन्धि समाचार पढ्नु होस् । तलव काटियो, बेतलवी विदा वा कामबाट निकालेमा यी नम्वरमा फोन गर्नुस्

यसैगरी गैर आवासिय नेपाली संघले पनि अप्ठ्यारोमा परेका नेपालीलाई सहयोग गरिरहेको छ । एनआरएनए, मलेसियाका वरिष्ठ उपाध्यक्ष सुन्दर आलेका अनुसार आवागमन नियन्त्रणका कारण समस्यामा परेको गुनासो धेरै नेपालीको प्राप्त भएको छैन । केहि व्यक्तिले त्यस्तो समस्या परेको जानकारी गराएपछि उनीहरुलाई एनआरएनएका तर्फबाट रासनको व्यवस्था गरिएको आलेले बताए । कुनै नेपाललाई खानका लागि नै समस्या परेमा सहयोग गरिने उनले जानकारी दिए । खाद्यान्न उपलव्ध गराउन समस्या परेमा बैंकमा केहि रकम सहयोग गरिने पनि आलेले जानकारी दिए । वरिष्ठ उपाध्यक्ष अलेका अनुसार अन्य केहि संघसंस्थाहरुले पनि सहयोग गरिरहेका छन् ।

आवागमन नियन्त्रण लागु गरिएको भएपनि मलेसियामा नेपालमा जस्तो पुरै बन्दको अवस्था भनें छैन । खाद्यान्नका पसलहरु विहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म खुल्ला रहेका छन्, बैंकहरु खुल्ला छन् भनें ट्याक्सीमा पनि अति आवश्यक काम परेमा एकजना हिंड्न पाइने गरेको एनआरएनए, मलेसियाका वरिष्ठ उपाध्यक्ष आलेले जानकारी दिए । उनका अनुसार मलेसियामा हालसम्म नेपालीहरु सुरक्षित नै छन् ।

एनआरएनए, साउदी अरेवियाले पनि कोरोना भाइरसको महामारीका कारण कुनै नेपालीलाई अप्ठ्यारो परेमा उद्दारका लागि यसअगाडी नै एक समिति बनाइसकेको छ । साउदी अरेवियामा कार्यरत नेपालीले सो समितिका सदस्यहरुलाई सम्पर्क गर्न सक्नेछन् । सो सम्वन्धि समाचार पढ्नु होस् । एनआरएनए, साउदीले गठन गर्यो उद्दार समिति

यो पनि तपाईलाई रुचिकर हुन सक्छ: ७७ प्रतिशत नेपालीको चासो स्वदेश फर्किने, सवैभन्दा धेरै मध्यपुर्वबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय