७७ प्रतिशत नेपालीको चासो स्वदेश फर्किने, सवैभन्दा धेरै  मध्यपुर्वबाट

गैर आवासिय नेपाली संघ (एनआरएनए) ले सुरु गरहेको हेल्प लाइनमा फोन गर्ने विदेशमा रहेका नेपाली मध्ये अधिकांशले स्वदेश फर्किने ईच्छा देखाउँदै सहयोगका लागि आग्रह गरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गत आइतवारदेखि सुरु गरेको हेल्पलाइनमा फोन गर्ने मध्येका ७७ प्रतिशतले मातृभूमि नेपाल फर्किन चाहेको र त्यसको लागि आवश्यक प्रबन्ध गरिदिन आग्रह गरेका छन् ।

गैरआवासीय नेपाली संघ, कोभिड १९ उच्चस्तरीय समितिका प्रेश संयोजक चिरन शर्मका अनुसार फोन गर्नेहरुको तथ्याँकका आधारमा यस्तो देखिएको हो । संघद्दारा जारी विज्ञप्ती अनुसार संघमा प्राप्त फोनकलका आधारमा सबैभन्दा धेरै समस्या मध्यपूर्वका गैरआवासीय नेपालीमा रहेको देखिएको छ । गैरआवासीय नेपाली संघका महासचिव डा हेमराज शर्माका अनुसार त्यहाँबाट फोन गर्ने मध्ये अधिकांश नेपालीले नेपाल फर्किन चाहना राखेका छन् ।

यो पनि पढ्नुहोस् संकटको समयः धैर्य गरौं, राज्य र नागरिकले कर्तव्य पुरा गरौं

हटलाइनमा प्राप्त सूचना अनुसार फोन गर्ने मध्ये ११ प्रतिशतले विदेश जानको लागि आवश्यक प्रकृया पूरा गरिदिन आग्रह गरेका थिए । अन्य समस्या हुनेमा १२ प्रतिशत रहेको जनाइएको छ ।

मध्यपूर्वमा धेरै नेपालीको जागिर छुटेको वा कम्पनीबाट राजीनामा दिएर नेपाल जानको लागि तयारी अवस्थामा रहेको देखिएको छ । महासचिव शर्माका अनुसार गैरआवासीय नेपालीका बारेमा नेपालमा रहेका अभिभावकहरु धेरै चिन्तित देखिएका छन् । तीमध्ये धेरैले विदेशमा रहेको आफ्नो छोराछोरीलाई तत्काल नेपाल फर्काउन चाहेको र त्यसको लागि सहजीकरण गरिदिन संघ समक्ष आग्रह गरेका छन् ।
सोमवार साँझसम्म संघलाई प्राप्त टेलिफोनमध्ये भारतको मुम्बई, हैदरावाद, नैनिताल, हरियाना, नयाँ दिल्लीमा नेपालीको ठूलो समूह खान बस्नसमेत नपाएर अलपत्र परेका छन् ।

युएई, भारत, मलेसिया, साउदी अबर, दक्षिण कोरिया, मोजाम्कि, फिनल्यान्ड, अमेरिका, युकेलगायतका देशमा बसोवास गर्ने गैरआवासीय नेपालीले संघ समक्ष आ–आफ्ना समस्या टिपोटको महासचिव डा. शर्माले जानकारी दिए ।

विदेशबाट छुट्टीमा नेपाल गएका धेरैको भिषा सकिएपछि तत्काल विदेश जाने व्यवस्था गरिदिनसमेत उनीहरुले गैरआवासीय नेपाली संघ समक्ष आग्रह गरेका छन् । गैरआवासीय नेपालीबाट प्राप्तभएका सुझाव र समस्यालाई तत्कालै समाधान गर्न एनआरएनएका राष्ट्रिय समिति र विदेशस्थित नेपाली कुटनीतिक नियोगसँग समन्वयन गरी काम अघि बढाइएको संघका अध्यक्ष कुमार पन्तले जनाए ।
यसअघि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अध्यक्ष कुमार पन्तको संयोजकत्वमा एक कोभिड–१९ उच्चस्तरीय समिति गठन गरेको थियो ।

समितिले कोरोना भाइरसबाट प्रभावित नेपालीको तथ्यांक संकलन गर्ने, स्वास्थ्यसम्वन्धी सामग्री नेपाल पठाउने, गैरआवासीय नेपालीले राहत संकलन तथा वितरण गर्ने काम गर्दै आएको छ ।

यो पनि पढ्नुहोस् खाडी मुलुकद्दारा विदेशी कामदार फर्काउन दवाव दिन सुरु

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: