खाडी मुलुकद्दारा विदेशी कामदार फर्काउन दवाव दिन सुरु

खाडीका मुलुकहरुले रोजगार करार अवधि सकिएका, कोभिड १९ का कारण नियमित विदा छिटो लिएका वा पछिल्लो महामारीका कारण रोजगारी गुमाएका कामदारलाई सम्वन्धित मुलुक फर्काउन दवाव दिन सुरु गरेका छन् । संयुक्त अरव ईमिरेट्स (युएईं) ले आफ्ना नागरिकलाई स्वदेश नफर्काउने मुलुकहरुसँग यसअगाडी गरिएको श्रम समझदारीमा पुनर्विचार गर्ने भन्दै दवाव बढाएको हो ।

युएईबाट प्रकाशित हुने गल्फ न्यूजका अनुसार युएईको मानव संशाधन मन्त्रालयले नीजि क्षेत्रमा कार्यरत आफ्ना नागरिक स्वदेश फिर्ता लैजान नचाहने मुलुकहरुसँगको श्रम समझदारीमा पुनर्विचार गर्ने जनाएको हो । मन्त्रालयका एक अधिकारलाई उधृत गर्दै प्रकाशित समाचार अनुसार यसरी आफ्ना नागरिक लैजान नचाहने मुलुकलाई आगामी दिनमा कोटा मार्फत कडाई गरिने जनाइएको छ ।

युएईले आफ्नो सम्झौता अवधि सकिएका, विदा लिएका वा कोरोना भाइरसको महामारी (कोभिड १९) का कारण रोजगारी गुमाएका आफ्ना नागरिक फिर्ता हुन चाहेको अवस्थामा पनि फिर्ता गर्न नचाहने मुलुकहरुसँग यसअगाडी श्रम समझदारीलाई निलम्वन गर्ने समेत विकल्प रहेको बताएको छ ।

कोभिड १९ का कारण खाडीका मुलुकहरुमा थुप्रै रोजगारदाताहरुले बेतलवी विदा बस्न वा छुट्टीमा स्वदेश फर्किन दवाव दिएको समाचार यसअगाडी नै सार्वजनिक भइसकेको छ । यसरी कोठामा नै बस्न बाध्य पारिएका कामदारलाई स्वदेश फर्काउन दवाव दिन थालिएको हो ।

केहि दिन अगाडी ओमानले कामदार पठाउने विभिन्न मुलुकका राजदूतहरुलाई बोलाएर आफ्ना कामदार फिर्ता लैजान अनौपचारिक रुपमा जानकारी गराए लगाएको थियो । यसले लाखौंको संख्यामा खाडीका मुलुकमा कार्यरत नेपालीलाई स्वदेश फर्काउने दवाव सरकारलाई बढाउने सम्भावना छ । सरकारले भनें जो जहाँ छ त्यहिं बस्न, सो मुलुकले दिएको निर्देशन पालना गर्न आग्रह गर्दै आएको छ ।

केहि दिन अगाडी प्रधानमन्त्री केपी शर्मा ओलीसँगको कुराकानीमा युएईले नेपालीलाई आफ्नै नागरिक सरह व्यवहार गर्ने वचन दिएको प्रधानमन्त्री ओलीले ट्वीट मार्फत जानकारी दिएका थिए ।

कतार तथा कुवेतले भनें कोभिड १९ का कारण रोजगारी नियमित नभएपनि कामदारको तलव कटौती गर्न नपाइने र कुनै गुनासो भएमा सरकारी निकायमा खवर गर्न सार्वजनिक आव्हान गरिसकेका छन् ।

यो पनि पढ्नुहोस् तलव काटियो, बेतलवी विदा वा कामबाट निकालेमा यी नम्वरमा फोन गर्नुस्

यो पनि पढ्नुहोस् कोरोनाका कारण विदेशमा मृत्यु हुने नेपालीको संख्या १४ पुग्यो, ६६५ जना संक्रमित

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: