कोरोनाका कारण विदेशमा मृत्यु हुने नेपालीको संख्या १४ पुग्यो, ६६५ जना संक्रमित

विश्वभर फैलिएको कोरोना महामारी (कोभिड–१९) बाट शनिवार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली (एनआरएनए) को संख्या १४ पुगेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्चस्तरीय समितिअन्तरर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा ८, अमेरिकामा ५, युएईमा १ जनाको ज्यान गएको छ ।

स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार ६ सय ६५ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् । नेपालमा ३ हजार ५ सय २५ जनामा परिक्षण गरिएकोमा १२ जनामा कोरोना संक्रमण देखिएको छ भने १ जना कोरोना मुक्त भएको समितिले जनाएको छ ।

विदेशस्थित नेपाली राजदूतावास, गैरआवासीय नेपाली संघका शाखाहरु तथा स्थानीय संघसंस्थाद्धारा प्राप्त सूचनाका आधारमा सो आँकडा तयार पारिएको डा. सापकोटाले जनाए ।

संक्रमित हुनेमा देशमा अमेरिका ५ सय, युके १ सय, स्पेन १८, युएई १०, जर्मनी ४, पोतुगल ८, अष्ट्रेलिया ९, साउदी अरब ४, कुवेत ५, जापान १, मलेसिया १, म्यानरमार १ र हङकंङ १ जना कोरोना संक्रमित रहेको समितिले जनाएको छ ।

यसैबीच गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ४० हजार टेष्ट किटसहित स्वास्थ्य सामग्री नेपाल सरकारलाई बुझाएको छ ।
एनआरएनए अध्यक्ष कुमार पन्तका अनुसार संघको दक्षिण कोरिया शाखाले संकलन गरेको सो सामग्री नेपाल सरकारलाई सहयोगस्वरुप शुक्रवार हस्तान्तरण गरिएको छ ।

एनआरएनए दक्षिण कोरियाले खरिद गरेका ४ हजार टेस्ट किट र ५ सय वटा स्वास्थ्यकर्मीले लगाउने विशेष सुरक्षा उपकरण ९पीपीई० नेपाल पठाएको हो । ती सामग्री अगामी हप्तासम्म नेपाल सरकारमार्फत स्वास्थ्य केन्द्रमा पुग्ने संघले जनाएको छ ।
ती सामग्री मध्य ५० थान पिपिई नेपाल सरकारका ४ वटा अस्पताल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान १५ थान, त्रिशुली अस्पताल, नुवाकोट ५ थान, धौलागिरी अंचल अस्पताल २२ थान र पर्वत जिल्ला अस्पताललाई ८ थान हस्तान्तरण संघका महासचिव डा. हेम राज शर्माले जनाए ।

एउटा किटबाट १० जनाको परीक्षण गर्न मिल्ने भएकाले ४० हजार नमुना परीक्षण गर्न सकिने र टेष्ट गरेको ३ घण्टामै नतिजा दिने सामग्री ल्याइएको संघले जनाएको छ ।

एक नेपाली एक हेल्थ किट अभियान’ अन्तर्गत संकलित रकमबाट कोरोना संक्रमण भए नभएको चेक गर्ने प्रभाबकारी हेल्थ किट किनेर पठाउने निर्णय बमोजिम ती सामग्री नेपालको लागि कार्गो गरिएको एनआरएनए कोरियाले जनाएको छ ।
दक्षिण कोरियामा एनआरएनए र स्वतन्त्र अभियन्ताले तीन दिनसम्म सञ्चालन गरेको राहत संकलन अभियानबाट करिव एक करोड ४० लाख नेपाली रकम जम्मा भएको थियो ।

यो पनि पढ्नुहोस् तलव काटियो, बेतलवी विदा वा कामबाट निकालेमा यी नम्वरमा फोन गर्नुस्

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय