तलव काटियो, बेतलवी विदा वा कामबाट निकालेमा यी नम्वरमा फोन गर्नुस्

मलेसियामा लकडाउनको समयमा कुनै पनि श्रमिकको तलव कटौती वा कामबाट निकाल्न नपाइने भन्दै कसैलाई त्यसो गरिएमा हेल्प डेस्कमा सम्पर्क गर्न मलेसियन ट्रेड यूनियन कंग्रेसले आग्रह गरेको छ ।

एमटीयूसीले लकडाउनको समयमा कतिपय साना कम्पनीहरुले श्रमिकलाई तलव नदिएको, वेतलवी विदामा बस्न बाध्य पारेको वा रोजगारीबाट निकालेको गुनासो आएको भन्दै त्यस्तो समस्यामा परेमा हेल्प डेस्कमा सम्पर्क गर्न आग्रह गरेको हो । त्यसरी कुनै कम्पनीले श्रमिकलाई अन्याय गरेमा एमटीयूसीले सम्वद्द रोजगारदाता र सरकारी निकायसँग समन्वय गर्ने भन्दै पीडितलाई निवेदन दिन आग्रह गरेको छ ।

गत मार्च देखि एमटीयूसीले सुरु गरेको अनलाइन हेल्प डेस्कमा हालसम्ममा झण्डै ३ सय श्रमिकले आफूहरुको तलव काटिएको, बेतलवी विदामा बस्न बाध्य पारिएको वा जवर्जस्ती कामबाट हटाइएको जस्ता निवेदन परेको एमटीयूसी, ईण्डस्ट्रिल संयोजक जुल ताईले बताएका छन् । उनका अनुसार हालसम्म हेल्पडेस्कमा आएका निवेदन मध्ये ५ जना नेपाली श्रमिकको रहेको छ ।

यो पनि पढ्नुहोस् महामारी र मौका: तयारी थालिहालौं

त्यसरी गुनासो प्राप्त भएपश्चात सम्वन्धित कम्पनी तथा होष्टलमा गएर वस्तुस्थीति अध्ययन गर्ने, रोजगारदातासँग छलफल गरि समस्या सुल्झाउने गरिएको ताईको भनाई छ । नेपाली श्रमिकको गुनासो पश्चात केहि दिन अगाडी नेपाली सहित विभिन्न मुलुकका नागरिकहरु बस्ने गरेको होष्टलमा श्रमिकहरु अत्यन्त कष्टकर रुपमा बसिरहेको पाइएको र सो सम्वन्धमा सम्वन्धित कम्पनी व्यवस्थापकसँग आपसी छलफल गरि समस्या समाधान गरिएको उनले बताए ।

यदि तपाई मलेसियामा कार्यरत हुनुहुन्छ र तपाईको तलव कटौति भएको छ वा बेतलवी विदा लिन वाध्य बनाइएको छ वा कामबाट निकालिएको भएमा तपाईले यी नम्वरहरुमा फोन गरेर आवश्यक परामर्श तथा सेवा लिन सक्नुहुन्छः

०१२-३३०३३८५, ०१४-७३२२६६५, ०१३-६७१७४५०, ०१६-९००४०५१, ०१२-३७२१०५०, ०१४-२३९७३३९ । यसैगरी तपाई ईमेल चलाउनुहुन्छ भनें तपाईले mtuc.covid@gmail.com मा ईमेल पनि गर्न सक्नुहुन्छ ।
यो पनि पढ्नुहोस् कोरोनाका कारण विदेशमा मृत्यु हुने नेपालीको संख्या १४ पुग्यो, ६६५ जना संक्रमित

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: