एनआरएनए, साउदीले गठन गर्यो उद्दार समिति

गैर आवासिय नेपाली संघ (एनआरएनए) साउदी अरवले कोरोना भाइरसको महामारीका कारण साउदी अरबमा कार्यरत नेपाली श्रमिकहरुलाई भईपरी आउन सक्ने आपतकालिन परिस्थितिमा सहयोग गर्न उद्दार समिति गठन गरेको छ । मार्च २३ तारिखका दिन बसेको संघको राष्ट्रिय समन्वय परिषद, साउदी अरबको सचिवालयको आकस्मीक बैठकले एनआरएनए, साउदीका अध्यक्ष तेज बहादुर थापाको संयोजकत्वमा उद्दार समिति गठन गरेको हो ।
एनआरएनए, साउदी अरवले एक विज्ञप्ती जारी गर्दै एनआरएएनए, साउदीका अध्यक्ष थापाको संयोजकत्वमा बरिष्ठ उपाध्यक्ष धुर्व कुमार रिजाल सहितको उद्दार समिति गठन भएको जानकारी दिएका छन् । साउदी अरबका बिभिन्न शहरमा रहेका क्षेत्रबाट थप ८ जना प्रतिनिधिहरु सहित १० सदस्यीय कोरोना भाईरस उद्दार समिति गठन गरिएको हो ।

समितिमा रहेकाहरुको नामावली, क्षेत्र तथा सम्पर्क नम्वर निम्नानुसार रहेको छः

तेज बहादुर थापाअध्यक्ष दमाम 0504438377 ICC मा प्रतिनिधित्व
धुर्ब कुमार रिजाल बरिष्ठ उपाध्यक्ष      जेध्दा 0505910744 ICC मा प्रतिनिधित्व
भोलानाथ पौडेलउपाध्यक्ष दमाम 0598334109
रोशन कुमार श्रेष्ठउपाध्यक्ष दमाम 0545226844
बिशाल श्रेष्ठउपाध्यक्ष अलकासिम 0535470253
लाल बहादुर मगरका.बा महासचिब जिजान 0561541062
सन्तोष लुइंटेलकोषाध्यक्ष जेध्दा 0567289521
बिष्णु न्यौपानेप्रवक्ता जेध्दा 0590887222
भक्त हमालसल्लाहकार ताबुक 0555347025
मेनुका सिटौला ओडारी क्षेत्रिय उपाध्यक्ष रियाद 0572921153

 

साउदी अरवमा कोरोना भाइरसका संक्रमितको संख्या बढ्दै गएपछि साउदी सरकारले गत साता देखि १४ दिनका लागि होम क्वारेन्टाइनको निर्देशन जारी गरेको थियो । तर सो समयावधिमा पनि संक्रमितको संख्या ह्वात्तै बढेपछि २३ मार्चदेखि लागु हुने गरी साँझ ७ बजे देखि बिहान ६ बजेसम्म २१ दिने कर्फ्यु आदेश जारी गरिसकेको छ ।

यस्तो बिषम परिस्थितिमा बिशेष गरी साउदी अरबलाई आफ्नो कर्मथलो बनाएर बस्दै आएका सम्पूर्ण नेपालीलाई नआत्तिन, नहड्बडाउन, सशंकित नहुन, भ्रमित नहुन र साउदी सरकारले जारी गरेको हरेक नीति निर्देशनको पूर्ण रूपमा पालन गर्न एनआरएनए, साउदी अरवले आग्रह गरेको उल्लेख छ ।

विज्ञप्तीमा सरकार तथा साउदी अरव स्थित नेपाली राजादुताबास र महावाणिज्य दुताबासले समेत सो भाइरसको संक्रमणका सन्दर्भमा गर्ने सुचना सम्प्रेषण, विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जाल लगायत अनलाइन समाचारबाट आएका सुचना मार्फत सम्पूर्ण नेपालीलाई सुसूचित हुन आग्रह पनि गरिएको छ ।

विज्ञप्तीमा नेपाल सरकार तथा साउदी सरकारले कोरोनाको महामारी थप फैलिन नदिनको निम्ति केही दिनको लागि राष्ट्रिय तथा अन्तरराष्ट्रिय हवाइ उडान बन्द गरेको अवस्थामा वैदेशिक रोजगारीको शिलशिलामा साउदी अरबमा रहँदै आएका र विविध कारणले भिसा म्याद सकिएर बसेका, घर बिदामा जानको निम्ति टिकट समेत काटेर बसेका, घर बिदामा गएर फर्किन नपाएका साथै श्रम स्विकृतिमा देखिएका कठिनाईहरुको निवारणका लागि साउदी सरकारले घोषणा गरेको राहत र सहुलियत साथै नेपाल सरकारले घोषणा गरेको प्रतिवद्दता अनुसारको सहयोगका लागि नेपाली राजदूतावास, रियाद ((0114611108) र हटलाइन (0559389600) र महावाणिज्य दूतावास, जेद्दा ( 012-6226665) र (012-6226683) मा सम्पर्क गर्न आग्रह गरिएको छ ।

विज्ञप्तीमा निम्न विषयहरुमा सजग रहन पनि आग्रह गरिएको छः

–  साउदी सरकारले जारी गरेको हरेक निर्देशको पूर्ण रूपमा पालना गर्ने र कानुन बिपरितका कुनै पनी गतिबिधी नगर्ने –  –

– अनावश्यक र अनाधिकृत संचार माध्यम, सामाजिक सन्जाल, युट्युब तथा अन्य माध्यम बाट आएका अपुष्ट समाचारहरुको भ्रममा नपर्ने। र तेस्ता रिपोर्टहरु आफु जानकार नभै बिभिन्न सन्जाल बाट आएका समाचारहरु पोष्ट या शेयर नगर्ने।

– अनावश्यक रूपमा भिडभाड स्थानमा भेला नहुने र कुनै जमघट वा कार्यक्रम नगर्ने।

– स्वास्थ्यको पूर्ण रूपमा ख्याल गर्दै नियमित आहार, ब्यायाम, सरसफाइमा बिशेष ध्यान दिने। भरसक उमालेर पानी पिउने र आँफैले बनाएको खाना खाने।

– नियमित रुपमा साबुन लगाएर हात धुने र एन्टिबेक्टेरियल, हेन्ड सानीटाइजर लगायत अन्य जिवाणुनाशक पदार्थको प्रयोग गर्ने।

– खोक्दा वा हाच्छ्युँ गर्दा कुहिनो वा कागजी-रुमालले नाक-मुख छोप्ने र प्रयोग गरिएको रुमाल, टिस्स्यु बन्द फोहोरदानीमा फाल्ने।

– नियमित रूपमा मास्कको प्रयोग गर्ने र रुघाखोकी वा ज्वरोका लक्षण देखिएका ब्यक्तिहरु संग टाढा बस्ने तर तुरुन्त आवश्यक सहयोग गर्ने।

– आफु र आफ्ना परिवारजनमा ज्वरो,खोकि वा सास फेर्न कठिनाई भएमा तुरून्तै हस्पिटल जाने वा कुनै बिपत्तिमा परेमा माथि उल्लेखित सम्बन्धित निकायमा संपर्कमा आउने।

– अत्यावश्यक रूपमा यात्राा गर्नुपरेमा साउदी सरकारले यात्रा सम्बन्धी निर्देशनहरू जस्तै प्रवेशमा निषेध, क्वारेन्टाईनको आवश्यकता आदिको अध्ययन गर्ने।

– अपरिचित ब्यक्तिले दिएको कुनै पनि भोजन सेवान नगर्ने वा बस्तु नलिने।

यो पनि पढ्नुहोस् कोरोना संक्रमित दुवै नेपाली निको भए

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय