
युएईमा कोरोना भाइरसको संक्रमणमा परेका दुई नेपाली उपचार पश्चात निको भएका छन् । यसरी निको भएर फर्केकाहरु को हुन् भन्ने उनीहरुको परिचय भनें खुलाईएको छैन । स्वास्थ्य मन्त्रालय, अवुधाविको संक्रामक रोग विभाग प्रमुख डा. फरिदा अल होसेईनीले अनलाइन ब्रिफिङका क्रममा यस्तो जानकारी दिएकी हुन् ।
ति दुई नेपाली सहित एक ईरानी पनि निको भएको युएईको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै युएईमा कोरोना संक्रमण भएका १ सय ९८ जना मध्ये ४१ जना निको भएका छन् ।
यो पनि पढ्नुहोस् ‘लकडाउन’ मा के गर्न पाइन्छ, के पाइन्न ?