‘लकडाउन’ मा के गर्न पाइन्छ, के पाइन्न ?

नेपालमा दोश्रो व्यक्तिमा कोरोना संक्रमण भेटिएपछि सरकारले चैत्र ११ गतेदेखि चैत्र १८ गतेसम्म लकडाउन गरेको छ । सो घोषणासँगै अव चैत्र ११ गते विहान ६ बजेदेखि अत्यावश्यक काममा जाने बाहेक कोहि व्यक्ति हिंड्न समेत पाउने छैनन् ।

यसमा औषधि उपचार, खाद्य बस्तु खरिद जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट निस्कन पाइने छैन ।
अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सवै प्रकारका सार्वजनिक वा नीजि यात्रुबाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लाग्नेछ ।

सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानहरु बाहेक अन्य सवै आन्तरिक व्यवसायीक उडानहरु बन्द हुनेछन् ।

यो पनि पढ्नुहोस् स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षामा ध्यान देउः जिफन्ट

स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दुध, विद्युत, दुरसञ्चार, सूचना तथा सञ्चार। भन्सार, क्वारेण्टाइन, फोहोरमैला व्यवस्थापन जस्ता अति आवश्यक सेवा वाहेक अन्य कार्यालय सञ्चालनको लागि आवश्यक पर्ने कर्मचारीहरु मात्र उपस्थीत हुने व्यवस्था गरी अन्य कर्मचारीहरुलाई आवश्यक परेको बखतमा तत्काल उपस्थित हुनेगरी सम्वन्धित कार्यालय प्रमुखले विदा दिनु पर्नेछ ।

औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, खुध, इन्धन उत्पादन गर्ने उद्योगहरु वाहेक नीजि क्षेत्रबाट सञ्चालित अन्य उद्योग कलकारखानहरुमा काम गर्ने श्रमिक कर्मचारीहरुलाई सम्वन्धित उद्योगहरुले विदा दिनुपर्नेछ ।

व्यवसायीहरुले औषधि र औषधिजन्य सामग्रीहरुको नियमित आपूर्तिको व्यवस्था गर्नुपर्नेछ । अभाव देखाई मूल्य वृद्दि गर्ने वा कालोबजारी, जम्माखोरी गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानून बमोजिम सरकारले नियन्त्रणमा लिनेछ । यसैगरी सामग्री जफत गरी रोगको रोकथाम र उपचारमा प्रयोग गर्नेछ ।

सम्वन्धित समाचारः कोरोना महामारीको नाममा श्रमिक निश्कासन तथा कटौती गर्न पाइन्नः ट्रेड यूनियनहरु

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय