कोरोना महामारीको नाममा श्रमिक निश्कासन तथा कटौती गर्न पाइन्नः ट्रेड यूनियनहरु

नेपालका ट्रेड यूनियनहरुको साझा संस्था संयुक्त ट्रेड यूनियन समन्वय केन्द्र (जेटीयूसीसी) ले कोरोना महामारीको गलत फाइदा उठाउँदै चिया बगान, उद्योग प्रतिष्ठान, होटल रेष्टुराँ लगायतमा श्रमिकहरु कटौती तथा निश्कासन गर्ने लगायतको काम हुन थालेको भन्दै श्रमिकको रोजगारी सुनिश्चित गर्न सरकारको ध्यानकर्षण गराएको छ । श्रमिकहरुलाई सुरक्षित रुपमा काम लगाउन सरकार तथा रोजगारदाताहरुलाई आग्रह गर्दै हाललाई कर्मचारीहरुलाई विदा दिनुपर्ने अवस्था आएमा ट्रेड यूनियनहरुसँग छलफल गरी उचित व्यवस्थापनका लागि पहल गर्न समेत रोजगारदाता तथा सरकारको ध्यानाकर्षण गराएको छ ।

जेटीयूसीसीका तर्फबाट अध्यक्ष पुश्कर आचार्यले एक विज्ञप्ती प्रकाशित गर्दै कोरोना भाइरस फैलिएका देशहरुमा काम गर्ने नेपाली श्रमिकहरुको स्वास्थ्यको विषयमा कुटनीतिक माध्यमबाट पहल गर्न नेपाल सरकारलाई अनुरोध पनि गरिएको छ । यसैगरी जेटीयूसीसीमा आवद्द महासंघहरुलाई सरकार, रोजगारदाता र देश विदेशका श्रमिहरुसँग हातेमालो गर्दै आआफ्नो कार्यक्षेत्रमा जनचेतना जगाउने लगायतका काममा मातहतका संघ घटकहरुलाई परिचालित गर्न पनि अनेरोध गरिएको छ ।

यसैगरी अन्तराष्टिय ट्रेड यूनियन महासंघ (आइटीसूसी) नेपाल आवद्द कमिटीले पनि एक विज्ञप्ती प्रकाशित गर्दै कोरोना भाइरसको कारण देखाएर कुनै पनि श्रमिकको रोजगारी अन्त्य नहुने कुराको सुनिश्चिता गर्न सरकारसँग आग्रह गरेको छ । आइटीयूसी, न्याकका तर्फबाट अध्यक्ष विनोद श्रेष्ठले एक विज्ञप्ती प्रकाशित गर्दै श्रमिक कटौती गर्न रोक लगाउन आग्रह गर्दै ट्रेड यूनियनहरुसँग छलफल गरी रोजगारी सुरक्षाको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ ।

विज्ञप्तीमा अत्यावश्क सेवा सञ्चालन सुनिश्चिताका लागि श्रमिकको स्वास्थ्य सुरक्षाको पूर्ण प्रत्याभूति गर्न, विदेशी भूमिमा रहेका नेपाली श्रमिकहरुको समस्या कुटनीतिक माध्यमबाट समाधान गर्न पहल गर्न पनि माग गरिएको छ ।

यसैगरी जिफन्ट, अण्टुफ, एनटीयूसी लगायतका ट्रेड यूनियनहरुले पनि विज्ञप्ती प्रकाशित गर्दै श्रमिकको रोजगारी सुनिश्चितताको माग गरेका छन् ।

यो पनि पढ्नुहोस् एनआरएनले कोरोना महामारी विरुद्द लड्न सरकारले गठन गरेको कोषमा १ करोड सहयोग गर्ने

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय