एनआरएनले कोरोना महामारी विरुद्द लड्न सरकारले गठन गरेको कोषमा १ करोड सहयोग गर्ने

गैर आवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाईरसको महामारी बिरुद्द लड्न नेपाल सरकारले गठन गरेको केन्द्रीय राहत कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

संघका प्रवक्ता डिबी क्षेत्रीका अनुसार संघले सरकारले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न र संक्रमण भएको खण्डमा उपचार तथा अन्य उपकरण तथा औषधीजन्य सामग्री सहज रुपमा उपलव्ध गराउन गठित केन्द्रीय कोषमा उक्त रकम जम्मा गरिनेछ । मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले शुरुमा सरकारको तर्फबाट ५० करोड रुपैयाँ राखेर कोष खडा गरेको छ ।

यो पनि पढ्नुहोस मलेसिया, कतार, कुवेत लगायतका मुलुकमा थप कडाई

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय