मलेसिया, कतार, कुवेत लगायतका मुलुकमा थप कडाई

कोरोना भाइरसको संक्रमण फैलिन नदिन प्रयत्नशिल मुलुकहरु मलेसिया, कुतार, कुवेत, जोर्डन लगायतले हिंड्डुलमा थप कडाई गरेका छन् ।

कतारमा हिंड्डुललाई अत्यन्त सिमित गर्न नीजि गाडीमा पनि केवल एकजना मात्र हुनुपर्ने नियम लगाइएको छ । शनिवार पत्रकार सम्मेलन गर्दै कतारी अधिकारीहरुले नीजि गाडीमा एकभन्दा बढी भएको अवस्थामा प्रहरीले रोक्ने र स्पष्टिकरण सोध्न सक्ने जानकारी दिइएको छ । तर श्रमिक बोक्ने गाडीहरु भनें यसमा पर्ने छैनन् ।

यसैगरी सार्वजनिक पार्कहरु, समुद्रीटत, कर्नेश लगायतका लगायत स्थानमा कुनै पनि प्रकारको जमघट गर्न पूर्ण बन्देज लगाइएको छ । यसअघि पनि भीडभाड नगर्न दिइएको निर्देशन पालना नगरेको भन्दै ठूलो संख्यामा नेपाली लगायतलाई कतारले डिपोर्ट गरेको थियो ।

यसैगरी गत मार्च १२ मा नै लकडाउन गरेको कुवेतमा हिंड्डुललाई थप नियन्त्रण गर्न आइतवार देखि लागु हुनेगरी आँशिक कर्फ्यू लगाइने घोषणा सरकारले गरेको छ भनें विदालाई दुई हप्ता लम्व्याईएको छ । कुवेत टाइम्सका अनुसार साँझ ५ बजेदेखि सुरु हुने कर्फ्यू विहान ४ बजेसम्म लाग्नेछ । कर्फ्यू उल्लंघन गर्नेलाई ३ बर्ष जेल र १० हजार कुवेती दिनार जरिवाना हुनेछ । यसैगरी मध्यपूर्वको अर्को मुलुक जोर्डनले पनि आँशिक कर्फ्यू लगाउने यसअगाडी नै जनाइसकेको छ ।

यसैबीच मलेसियामा भनें व्यक्तिको हिंड्डुललाई नियन्त्रण गर्न प्रहरीलाई हम्मेहम्मे परेपछि प्रहरीलाई सघाउने उद्देश्यले सेना पनि सहभागि हुने भएको छ । मलेसियाका सेना प्रमुखले सेना छुट्टै रुपमा परिचालन हुने नभई प्रहरीलार्ई सहयोग गर्ने उद्देश्यले मात्र परिचालन हुन लागेको स्पष्ट पारेका छन् । मलेसियामा पनि एकजना भन्दा धेरै परिवारको सदस्य नहिंड्न आग्रह गरिएको छ । बढी हिंडेको पाइएमा प्रहरीलाई स्पष्टिकरण दिनुपर्नेछ । सकेसम्म धेरै व्यक्तिलाई घरमै सिमित राख्न सरकारले यस्तो प्रयास गरेको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय