स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षामा ध्यान देउः जिफन्ट

नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) ले अत्यावश्यक सेवा क्षेत्रमा कार्यरत चिकित्सक, परिचारिका (नर्स) तथा सबै कार्यथलोमा उचित सुरक्षा व्यवस्था गरेर मात्र श्रमिकहरूलाई काममा लगाउन रोजगारदाताहरूलाई अपिल गरेको छ । जिफन्टले एक प्रेस विज्ञप्ती प्रकाशित गर्दै कोरोना भाइरसको संक्रमणबाट श्रमिकलाई जोगाउन उनीहरुको सुरक्षामा ध्यान दिन आग्रह गरेको हो ।

जिफन्ट महासचिव जनक चौधरीले एक विज्ञप्ती प्रकाशित गर्दै यो समय अत्यन्तै जिम्मेवारी तथा होसियारी अपनाउनु पर्ने समय रहेको भन्दै हरेक नागरिकलाई जिम्मेवार बन्न, अफवाहपूर्ण समाचार सामाजिक सञ्जालमा सम्प्रेषण, लाइक वा शेयर नगर्न पनि अनुरोध गरेका छन् ।

कोरोना भाईरस (कोभिड १९) बाट विश्व आक्रान्त बनेको भन्दै विज्ञप्तीमा कोरोना भाईरस पनि १४ औं शताब्द्धीमा ब्ल्याक डेथ नाम दिईएको माहामारी जस्तै भयावह हुने हो की भन्ने आशंका उत्पन्न भएको उल्लेख छ । तर यसको वावजुद स्वास्थ्य विज्ञहरूले यो भाईरसले पार्ने प्रभाव, यसबाट संक्रमित हुने ब्यक्तिको पहिचान तथा सुरक्षित रहने उपाय पत्ता लगाई सकेको अवस्था रहेको भन्दै सुरक्षित रहने उपाय अनिवार्य अपनाउनुको विकल्प नभएको जिफन्टले जनाएको छ ।

विज्ञप्तीमा यो संङ्कटको समयमा श्रमिक कटौती गर्ने कुरा जिफन्टलाई कदापी मान्य नरहेको भन्दै जुनसुकै अवस्थामा पनि प्रचलित ऐन कानून उलङघन गर्ने छुट कसैलाई नभएको र आफ्नो संगठन श्रम ऐन नियमको सबैले पालना गर्नु पर्दछ भन्ने मान्यतामा दृढ रहेको जनाइएको छ ।

यो पनि पढ्नुहोस् कोरोना महामारीको नाममा श्रमिक निश्कासन तथा कटौती गर्न पाइन्नः ट्रेड यूनियनहरु

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय