मलेसिया र खाडीमा कार्यरत नेपालीको चासो कसले राख्ने ?

 

विष्णु धिताल

स्वदेशमा रोजगारीको अवशर नपाएका कारण लाखौं नेपाली अहिले विश्वका विभिन्न मुलुकहरुमा कृयाशिल छन् । त्यसरी कार्यरत हामी जस्तै नागरिकले कमाएर पठाएको रकमले केहि दशकयता हामी श्रम गर्न आएकाहरुको जीवन चलेको छ र मुलुकको पनि ।

तर अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) ले हामीजस्ता रोजगारीमा आएकाहरुलाई असाध्यै पिरोलेको छ । कतिपयले कामविहिन भएर बस्नु परेको छ भनें कतिपयले जोखिमपूर्वक काम गर्नुपरिहेको छ । मलेसियाको सन्दर्भमा हेर्दा कुनै कम्पनी बन्द छन भने सुपर मार्केट, ठूला मार्केटहरु, बैंकहरु खुल्लै छन् । ति मध्ये कतिपय ठाउँमा काम गर्ने नेपाली जोखिमपूर्वक काम गर्नु परिरहेको अवस्था छ ।

योे अवस्थामा विभिन्न मुलुकहरुले आफ्ना नागरिकको स्वास्थ्यप्रति सजग रहँदै उनीहरुलाई आफ्नो मुलुक फकाईरहेका समेत छन् । यो विषम परिस्थितिमा वैदेशिक रोजगारीमा देश बाहिर रहेका आफ्नो नागरिकहरुको बारेमा नेपाल सरकारले केही सोचेको छ कि छैन त ? खाडी मुलुकसंगै मलेसियामा रहेका नागरिकको चासो स्वयं राष्ट्रपतिमा समेत नपुगेको देख्दा हामी खिन्न छौं । के चिन्ता अमेरिका, युरोप वा अष्ट्रेलियामा रहेका नेपालीको मात्र हो ? स्मरणिय छ, खाडीका मुलुकहरुसंगै मलेसियामा पनि कोरोना भाइरसको जोखिम दिनानुदिन उच्च हुँदै गईरहेको छ ।

मलेसियामा सुरक्षा गार्डको काममा धेरै नेपाली कार्यरत छन् । त्यसैले विशेषगरी यो जोखिमको समयमा तिनै सुरक्षा गार्डहरु बढी मारमा परेका छन् । उनीहरुले अति जोखिम मोलेर दैनिक काममा खटिनु परिरहेको छ । उनीहरु मास्कको भरमा काम गरिरहेका छन् । उनीहरुको स्वास्थ्य सुरक्षा प्रति न रोजगारदाता गम्भीर छन् न त नेपाल सरकारको प्रतिनिधित्व गर्ने नेपाली राजदुतावास नै गम्भीर देखिएको छ ।

यहि अवस्थामा नेपालको तुलनामा बंगलादेशले भनें आफ्ना नागरिकको सुरक्षामा बढी चासो दिएको देखिन्छ । बंगलादेशको दूतावासले मलेसियाका विभिन्न राज्यमा पुगेर त्यहाँ रहेका आफ्ना नागरिकहरुको स्वास्थ्यको ख्याल गरिरहेको देखिन्छ । खानाको समस्या परेकाहरुलाई त्यसको व्यवस्था गर्ने, कम्पनीले तलव नदिएको भएमा त्यसका लागि पहल गर्ने लगायतका समस्या सुल्झाउने काम बंगलादेशको दूतावासले गरिरहेको सुनिन्छ । तर यहि कुरामा हाम्रो दूतावास कत्तिको चनाखो छ ? के अप्ठ्यारोमा परेका नेपाली श्रमिकले हाम्रो दूतावासबाट त्यहि सुविधा पाइरहेका छौं त ?

मेरो अनुभवको आधारमा हाम्रो दूतावासले अझै पनि त्यो स्तरको सहयोग गर्न सकेन । हो, हाम्रा राजदुत उदयराज पाण्डेको यसमा ध्यानाकर्षण गराउन चाहन्छु । यो विषम परिस्थीतिमा सुरक्षा गार्डको काम गरिरहेकाहरुको स्वास्थ्य सुरक्षा अझ प्राथमिकताका साथ हेरिनु पर्दछ ।
यो पनि पढ्नुहोस् चारजना नेपालीलाई तीन महिना जेल वा जनही १ हजार रिंगिट जरिवाना

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय