चारजना नेपालीलाई तीन महिना जेल वा जनही १ हजार रिंगिट जरिवाना

मलेसियामा चारजना नेपालीलाई तीन महिना कैद सजाय वा जनही १ हजार रिंगिट जरिवाना भएको छ । मलेसियाले कोरोना भाइरस (कोभिड १९) फैलिन नदिन लगाएको आवागमन बन्देजको उल्लंघन गरेको अभियोगमा मलेसियाको मेलक्कामा ति नेपालीहरु पक्राउ परेको अध्यागमन कार्यालयले जनाएको छ ।
चारजना नेपालीसँगै पक्राउ परेका एक जना पाकिस्तानी तथा एकजना बंगलादेशी नागरिकलाई तीन महिना कैद सजाय वा जनही १ हजार रिंगिट जरिवाना भएको हो ।
उनीहरुलाई अदालतले १ हजार रिंगिट जरिवाना वा तीन महिना जेल सजाय तोकिएको मलक्का अध्यागमन कार्यालयले जनाएको छ । न्यायाधिश मोहम्मद नजरिन अलि रहिमको ईजलाशले सो सजाय तोकेको हो ।
त्यसरी सजाय तोकिएकाहरुमा पूर्ण बहादुर लिम्वू (४४ बर्ष), दुर्गा बहादुर सार्की (३३ बर्ष), पुण्य तामाङ (३९ बर्ष), भरोसी सदा (२९बर्ष) रहेका छन् ।
उनीहरुसँगै पक्राउ परेका पाकिस्तानी र बंगलादेशी नागरिकलाई पनि सोही सजाय भएको छ । यसैगरी अन्य ९ जनालाई ५ सय देखि १ हजार रिंगिटको वीचमा जरिवानाको सजाय अदालतले गरेको अध्यागमन कार्यालयले जनाएको मलेसियाबाट अनील कार्कीले जानकारी दिएका छन् ।
यो पनि पढ्नुहोस् महामारी, आप्रवासी श्रमिक र गर्नुपर्ने काम

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय