मलेशियामा पनि भेटियो कोरोना भाइरस, संक्रमणबाट जोगिन सजग हुनु पर्ने

५ लाख बढी नेपाली कार्यरत मलेशियामा पनि नोवल कोरोना भाइरसका विरामी फेला परेका छन् । तीनजनामा सो भाइरस फेला परेको मलेशियाको स्वास्थ्य मन्त्रालयले स्पष्ट पारेको छ । चीनको वुहान शहरमा असाध्यै संक्रमक रुपमा फैलिएको सो भाइरसकै कारण ४१ जनाको मत्यु भइसकेको जनाइएको छ ।

वैदेशिक रोजगारका ७५ प्रतिशत उजुरी मेलमिलापबाटै टुँगिन सक्छन्

सो भाइरसका कारण हालसम्म नेपालमा एकजान विरामी फेला परेका छन् भनें अमेरिका, थाइल्याण्ड, दक्षिण कोरिया, जापाना, अष्ट्रेलिया, क्यानडामा पनि संक्रमितहरु फेला परेका छन् । मलेशियामा ३ लाख ८० हजार वैधानिक रुपमा नेपाली कार्यरत छन् । यसैगरी अवैधानिक रुपमा यहाँ बसेर काम गर्नेहरुको यकिन तथ्याँक नभएपनि ठूलै संख्या रहेको अनुमान गरिन्छ । तसर्थ मलेशियामा कार्यरत नेपालीले सो भाइरसबाट जोगिन सजग रहनु पर्ने देखिएको छ । सो भाइरसको संक्रमणको लक्षणहरुः

– १ सय दशमलव ४ भन्दा बढी ज्वरो आउनु
– घाँटी र टाउको दुख्नु
– रुघा र खोकी लाग्नु
– श्वासप्रश्वासमा समस्या देखिनु

सो भाईरसको संक्रमणबाट बच्न निम्नानुसारको सजगता अपनाउन जरुरी छः
– नियमित साबुन पानीले हात धुने
– फ्लुको लक्षण(रुघा, खोकी, श्वासप्रस्वासमा समस्या) देखिएमा चिकित्सकसँग परामर्श लिने
– जंगली तथा घरेलु पशुपंक्षीहरुको सम्पर्कबाट टाढा रहने
– खोक्दा, हाछ्युँ गर्दा नाक र मुख छोप्ने
– फ्लुका लक्षण देखिएका व्यक्तिसँग टाढा रहने
– मासु अण्डा राम्रोसँग पकाएर खाने

यो पनि पढ्नुहोस् जव दूतावास विरुद्द हेल्लो सरकारमा उजुरी पर्यो ….

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय