जव दूतावास विरुद्द हेल्लो सरकारमा उजुरी पर्यो ……….

समस्यामा परेकी एक नेपाली महिलाको उद्दारमा साउदी अरव स्थित नेपाली दूतावासले ढिलासुस्ती गरेको भनेर एक नेपालीले हेल्लो सरकारमा उजुरी दिएपछि दूतावासले तथ्यहिन उजुरी नगर्न आग्रह गरेको छ । दूतावासले विज्ञप्ती मार्फत प्रष्टोक्ति दिंदै ट्वीटरमा निश्चल दहालले नेपाल सरकारको हेल्लो सरकारमा गरेको उजुरीका सम्वन्धमा प्रष्ट पारेको हो ।

दूतावासको विज्ञप्तीमा भनिएको छः उजुरीमा उल्लेखित नेपाली महिला कुनै ’सामाजिक अभियन्ता’को प्रयासले राजदूतावासमा आएको नभई राहदानी नवीकरण गर्ने उद्देश्यले वहाँको कफिल (स्पोन्सर) ले नेपाली राजदूतावासमा लिई आएका बखत राहदानीको फारम भराउनुपूर्व उपलब्ध कागजातमा शंका भई विविध विषयमा सोधपुछ गर्ने क्रममा नियोगले वहाँको वास्तविक अवस्थाको जानकारी लिएको र अभिलेख गरेको हो ।

वहाँलाई एजेन्टले फोटो परिवर्तन गरेको राहदानी दिई गलत बाटोबाट साउदी पठाइएको पत्ता लगेको भन्दै विज्ञप्तीमा राहदानीमा उल्लेखित नामको बिषयमा पनि ति महिलालाई थाहा नभएको जनाइएको छ । आफ्नो घर ठेगाना, परिवारका सदस्य लगायतका विषयमा समेत राम्ररी बताउन नसक्ने विस्मृतिको अवस्थामा उनी रहेको भन्दै राजदूतावासका कर्मचारीले विभिन्न माध्यमबाट उनको वास्तविक नाम, घर ठेगाना र परिवारको सम्पर्क पत्ता लगाएर परिवारसँग सम्पर्क गराएको र परिवारका सदस्य समेत दूतावाससँग नियमित सम्पर्कमा रहेको दूतावासले जनाएको छ ।

विगत नौ वर्ष देखिको पारिश्रमिक समेत कफिल (स्पोन्सर) संगै रहेको, आफूले नलिएको र आफन्तलाई पठाउन पनि नसकेको भन्दै उनको कफिल (स्पोन्सर) सँगको लामो संवादपछि पारिश्रमिक दूतावासमा जम्मा गर्ने सहमति भए अनुसार उनको पारिश्रमिक नियोगको खातामा जम्मा भइसकेको दूतावासले जनाएको छ ।

फोटो परिवर्तन गरी आएको कारण दूतावासले नेपाली महिलालाई राहदानीको सट्टा एकतर्फी यात्रा अनुमति पत्र जारी गरी स्वदेश फिर्ता हुने तयारी गरिसकेको भन्दै स्पोन्सरसँग बहिर्गमन भिषा जारी गराई नेपाल पठाउन सहमति र प्रकृया पनि चालु भइसकेको जनाइएको छ ।

ति महिला स्वदेश फर्केपछि आफ्नो नाममा बैङ्क खाता खोलेर उक्त रकम उनकै बैंक खातामा पठाउने गरी कागज गरी कागजको एक प्रति उनी र मालिकलाई समेत दिइएको दूतावासले प्रष्ट पारेको छ ।

नेपाल सरकारको खातामा रकम जम्मा भएको र नियोगले परिवारसँग सम्पर्क गराएको भोलिपल्टबाट उनलाई चिनेजानेका आफन्त र समाजसेवी ’अभियन्ता’ धेरै जनाबाट उनको विषयमा राजदूतावासमा फोन आउन थालेको दूतावासको भनाई छ ।

साउदी अरबमा विगत नौ वर्षदेखि घरेलु कामदारका रुपमा कार्यरत नेपाली महिला (फोटो परिवर्तन गरिएको राहदानी मार्फत साउदी प्रवेश गरेकी) को उद्धारमा नेपाली राजदूतावासले ढिलासुस्ती गरेको भन्दै निश्चल दहालले ट्वीटर मार्फत नेपाल सरकारको हेलो सरकारमा उजुरी दिएका थिए । सोही विषयमा दूतावासको यस्तो प्रष्टिकरण आएको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय