मलेशियाको टप ग्लोव कम्पनी संकटमा, नेपाली र बंगलादेशी कामदारले महिनौंको तलव पाउन बाँकी

मलेशिया स्थित टप ग्लोव कम्पनीको सञ्चालक संस्था डव्लुआरपी गम्भीर आर्थिक संकटमा फसेपछि सो कम्पनीमा कार्यरत सयौं नेपाली र बंगलादेशी कामदार समस्यामा परेका छन् । उनीहरुले केहि महिनाको तलव, सुविधा समेत पाउन बाँकी छ ।
कम्पनी बन्द हुने हल्लाकाबीच सयौं नेपाली र बंगलादेशी कामदार सोमवार कम्पनीको बन्दर सालाक स्थित कार्यालयमा भेला भएका थिए । ठूलो संख्यामा कामदार भेला भएपछि ठूलै संख्यामा प्रहरी समेत तैनाथ भएको थियो । तर त्यहाँ कुनै अप्रिय घटना भनें भएन ।

उनीहरुले आफूहरुले पाउन बाँकी तलवको अनिश्चितता तथा रोजगारी सुचारु हुने नहुने विषयमा जिज्ञासा राखेर दिनभरी बसेपनि जवाफ पाउन सकेनन् । सो कम्पनीले कामदारलाई समयमा तलव नदिने, जवर्जस्ती आफ्नै क्याण्टिनमा महंगोमा खानु पर्ने लगायतका बाध्यता सिर्जना गरेका कारण गत बर्षको जनवरीयता दुईपटक आन्दोलन नै भइसकेको छ । गत बर्षको जनवरीमा तीन दिनसम्म भएको हड्तालमा सो कम्पनीमा कार्यरत २ हजार कामदार प्रदर्शनमा उत्रिएका थिए ।

सो क्रममा मलेशियाको श्रम विभागले गरेको अनुसन्धानमा कम्पनीले कामदारहरुलाई महिनौंको तलव दिन बाँकी रहेको, अतिरिक्त समय काम गरेको रकम नदिइएको, तलवबाट गैरकानूनी रुपमा बढी रकम काटिएको, बढी समय काममा लगाएको तथा सार्वजनिक विदाको दिनमा पनि काम गराएर सो वापतको रकम नदिएको तथ्य प्राप्त गरेको सार्वजनिक भएको थियो । सुरुमा मलेशियाका मानव संशाधन मन्त्री एम कुलासेगरनले समेत सो कम्पनीले कामदारको अधिकार हनन गरेको र कारवाही हुने बताएपनि पछि अचालक कम्पनीको पक्षमा उभिएका थिए । उनले अनावश्यक रुपमा हल्ला गरिएको भन्दै कम्पनीको बचाउ गर्ने प्रयास गरेपनि त्यसले कुनै फरक पारेन ।

सो कम्पनीले कामदारलाई पारिरहेको समस्याका विषयमा बेलायती सञ्चारमाध्यम गार्जियनमा समाचार छापिएपछि अमेरिकाले सो कम्पनीको उत्पादनलाई अमेरिका प्रवेशमा बन्देज लगाएको छ । यसैगरी केहि युरोपेली मुलुकहरुमा समेत टप ग्लोवको उत्पादनको मागमा कमि आएपछि कम्पनी आर्थिक रुपमा संकटमा परेको भन्दै केहि समयका लागि बन्द गरिएको छ ।

किन बोल्दैन श्रम मन्त्रालय, कहिले बोल्छ सरकार ?

सोमवार भेला भएका ति कामदारहरुले आफूहरुलाई यथार्थ जानकारी दिइनु पर्ने, पाउन बाँकी रकम तत्काल उपलव्ध गराउनु पर्ने भन्दै दिनभरी रुँगेर बसेका थिए । तर यस बारेमा कम्पनीले कुनै जानकारी भनें नदिएको एक नेपाली कामदार भूमिराम थारुले बताए ।

सो कम्पनीमा कार्यरत एक नेपालीका अनुसार कम्पनीले पुनः १४ तारिक बैठक बोलाएको छ । “सो दिन कम्पनी पुरै बन्द हुने वा थोरै कामदार राखेर सञ्चालन हुने भन्ने जानकारी दिने आश्वासन कम्पनीका तर्फबाट दिइएको छ”उनले भने । कम्पनीमा  हाल ग्लोव उत्पादन बन्द छ तर प्याकिङ गर्ने तथा पानीजहाज मार्फत पठाउने काम भनें जारी छ ।

मलेशियामा हराएका चन्द्रमानलाई कहिं देख्नु भएको छ ?

सो कम्पनीमा कार्यरत ५७ जना नेपाली जसको भिषाको म्याद सकिएको थियो, उनीहरुलाई स्वदेश फर्काउने प्रकृया कम्पनीले आरम्भ गरिसकेको छ । देशपरदेशलाई प्राप्त कागजात अनुसार त्यसमध्ये केहिलाई गत जनवरी ३ र ६ तारिखमा नेपाल फर्काइसकिएको छ भनें केहि कामदार जनवरी ८ र १४ मा नेपाल फर्किनेगरी टिकट काटिएको छ ।

यसैबीच मलेशियाकिनी अनलाइनका अनुसार कम्पनीका तर्फबाट नियुक्त अन्तरिम लिक्विडेटरले यो हप्ताभरी नेपाल, बंगालदेश लगायतका कामदार काम गर्ने मुलुकहरुका दूतावासहरुसँग यस विषयलाई कसरी सुल्झाउने भन्ने विषयमा छलफल गर्दैछन् । समाचार अनुसार बीचमै स्वदेश फर्काउन लागिएका ति कामदार मध्ये केहिले अन्तरिम लिक्वीडेटरलाई आफूहरु मलेशियामा नै काम गर्न ईच्छुक रहेको भन्दै जवर्जस्ती स्वदेश नफर्काउन माग गरिसकेका छन् । तर त्यसको सुनुवाई भएको छैन ।
यो पनि पढ्नुहोस् २३ बर्ष मुनिका तीन युवाको उदाहरणीय व्यवसाय

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय