आमा भन्छिन्ः कुखुरा जुध्दा पनि मेरो छोरो परदेशबाट आइपुग्यो झैं लाग्छ

काठमाडौं- रामेछापको सदरमुकाम मन्थलीबाट मोटरसाइकलमा झण्डै तीनघण्टाको बाटो उत्तरमा पर्छ रस्नालु मन्थलीमा गर्मीले बसिनसक्नु बनाइरहँदा रस्नालुमा भनें चिसो रामबहादुर कार्कीको घर खोज्दै हामी पुग्दा उनकी श्रीमति सरस्वती छोरी घर बनाउन ढुँगा फुटाउँदै थिए

रामबहादुर बर्ष अघि कमाउन मलेसिया गएका हुन् घरमा चार छोराछोरी, श्रीमति, आमा अनी भाईबहिनीलाई छोडेर गएका उनले तीन बर्षसम्म राम्रैसँग कमाएर पठाए पनि तर घर आउने बेलामा अकस्मात उनले केहि बर्ष अझै उतै बस्ने निधो गरे

कम्पनी छोडेर अन्यत्रै काम गर्न थालेपछि रामबहादुरको सम्पर्क परिवारसँग पातलिंदै गयो बर्षदेखि जेठो छोरो यसरी सम्पर्कविहिन हुँदा रामबहादुरकी आमा सुनकुमारीको मनमा औडाहा चलिरहन्छ । उहिले कुखुरा जुध्दा पनि सासुले छोरो अव परदेशबाट आउने भयो भन्थिन रे । त्यसैले हिजोआज काग कराएपनि वा कुखुरा जुधेपनि सुनकुमारीलाई मलेसियामा बेखवर भएको छोरो आइपुग्छ की भन्ने लाग्छ । 

रामबहादुरको तस्वीर भित्तामा झुण्ड्याएको रहेछ आमा सुनकुमारीले हामी हिंड्न लाग्दा तस्वीर देखाउन मन गरिन् तस्वीरमा केहि धुलो लागेको थियो आमाले मायालु तरिकाले छोराको अनुहार सुम्सुम्याए जस्तै गरी जतनसँग त्यसमा लागेको धुलो पुछिन् । 

रामबहादुर कार्कीलाई तपाईले मलेसियमा कहिं देख्नु भएको छ ? वा उनका बारेमा तपाईलाई कुनै जानकारी की ? यदि जानकारी भएमा परिवारलाई नेपालमा ९८६० ६५ ६६ ४३ मा खवर गरिदिनु होला यसैगरी सुरक्षित आप्रवासन सुचना तथा परामर्श केन्द्र, रामेछापको फोन नम्वर ०४८-५४०३९८ मा खवर गरिदिन सक्नुहुन्छ । (रामेछापबाट सागरविक्रम बस्नेतको सहयोगमा) 

भिडियो स्टोरी प्रकाशन भएपछि उहाँ परिवारको सम्पर्कमा आएका कारण भिडियो हटाइएको छ । सम्पादक

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय