
रञ्जना लम्साल, कावासोती, जेठ १०-
समर बहादुर मल्ल ठकुरी मलेसिया गएको ५ बर्ष लाग्यो । बिनयी त्रिवेणी गाउँपालिका वडा नं ३ सर्दि का समर पछिल्लो समय सुरुमा काम गर्न गएको कम्पनी एलबी फर्निचर छोडेर भागेर अन्यत्रै काम गर्ने गर्दथे । धेरै कमाउने सपना बुनेर अल नासिर मेनपावर कम्पनी मार्फत मलेसिया गएका उनले त्यहाँ पुगेपछि नेपालमा भनिएको काम तलव पाएनन् । २ बर्षसम्म कमाउन नसकेपछि उनले घरमा पैसा पनि त्यति पठाएनन् । तर उनी ठिक छन् भन्ने सन्तोष थियो परिवारलाई ।
तर समरको बिगत ४ महिना देखि फोन आएको छैन । परिवार उनको अवस्थाका बारेमा निक्कै चिन्तीत छ । त्यसैले उनको खोजखपर गरिदिन परिवारले कावासोतीमा रहेको सुचना केन्द्रमा निवेदन दिएको छ ।
मलेसियको जोहोरबारुको मुहार भन्ने ठाउँमा कामका लागि पुगेका उनले त्यहाँ सन्तोषजनक काम नभए पछि कम्पनी छोडेर भागेर ईपो भन्ने ठाउँमा सेक्यूरिटी गार्डको रुपमा काम गर्ने गरेको परिवारले जनाएको छ ।
श्रीमती डिलकुमारी मल्लका अनुसार पहिला काम छैन भनेर पैसा नपठाएका उनका श्रीमानले भागेर काम गर्न थालेपछि २ महिनामा लगभग १ लाखको हाराहारीमा पैसा पनि पठाएका थिए ।
समरका दाजु शम्शेर पनि मलेसियामा नै छन् । दाजुभाई एकै ठाउँमा काम गर्ने गरेको भएपनि समर भागेर काम गर्न थालेपछि दाजु भएको ठाउँबाट टाढा नजानु पछि समस्या पर्न सक्छ भन्दै श्रीमती डिलकुमारीले सम्झाउने गर्दथिन । तर हाल उनको अत्तोपत्तो छैन र दाजुलाई फोन गर्दा पनि केहि खबर छैन भन्ने बाहेक अरु समाचार केहि पाएकी छैनन डिलकुमारीले ।
अरु केहि दुर्घटना भएको भए त थाहासम्म त पाउनु पर्ने डिलकुमारीको एक मनले कतै केहि भयो की भन्ने चिन्ता लाग्छ । मलेसियामा धेरै नेपाली जेलमा परेको सुनेकी उनलाई उनी पनि कतै जेल पो परेकी भन्ने पनि लाग्छ ।
समरका २ जना छोराछोरी छन् । उनीहरु बाबा कहिले आउने भनेर पिर गरिरहन्छन् डिलकुमारी भन्छीन “बाबाले फोन गर्नु भयो आमा भनेर दिनहुँ छोराछोरीले सोध्दा मैले के जपाफ दिनु ?”
यदि तपाईले समरलाई देख्नु भएको छ वा उनको बारेमा जानकारी पाउनु भएको छ भने परिवारलाई नेपालमा ९८६९७१५६९१ वा सुचना केन्द्र कावासोतीको सम्पर्क नम्वर ०७८५४०३११ मा सम्पर्क गरिदिनुहोला ।
यो पनि पढ्नुहोस् युएईमा हराएको छोरा खोजिदिन आग्रह