खोटाङ– विहानीको समय । उमेरले झण्डै ७५ टेकेकी आइसरा राई विहानको घरधन्दा गर्दैछिन् । बुढाले छोडेको दशक हुनै लाग्यो । बुढा बितेपछि आइसराको जिन्दगी एक्लो जस्तै भएको छ । हुन त चारछोरा, एक छोरी हुन् उनका । तर उनी अहिले घरमा एक्लै बस्छिन् ।
उनका साईला छोरा ऋषिधन कमाउन मलेसिया गएका हुन् । माईलो छोरो कुवेतमा छन् । नेपालमा कमाईको ईलम नपक्रेको साईंलो भाईलाई उनैले खर्च हालेर मलेसिया पठाएका हुन् । गरिखाला, राम्रो होला भनेर पठाएका साईंला ऋषिधन मलेसियामै झण्डै ७, ८ बर्षदेखि बेखवर छन् । छोराको फोन आउला भन्ने आशमै दिन वित्ने गरेको छ आमा आइसराको ।
उनी भन्छिन्ः आज पो फोन गर्ला की ? चिठ्ठी पो पठाउँछ की भन्ने लाग्छ, अहँ गर्दैन । खै, बा मर्यो, बा ज्यूँदै छ ? थाहा छैन । आश मात्रै छ । अव के गर्नु ?
विहे नगरी मलेसिया गएको साईलो छोरो किन यसरी बेखवर भयो भन्ने आमाको मनले खुट्याउन सकेको छैन । तर छोरो यसरी बेपत्ता भएपछि उनले धामीलाई पनि देखाउन तर कुरा उति आशलाग्दा छैनन् । उनका अनुसार धामीले राम्रो छैन, उज्यालो छैन भन्छ । शत्रुको हातमा पर्यो भन्छ । यसले बृद्धाको मनमा छोरो फर्केर आउला नआउला दोमन नै छ ।
मलेसियामा किरण भनेर समेत चिनिने गरेका ऋषिधन लामो समययता बेखवर छन् । उनका बारेमा तपाईले कुनै जानकारी पाउनु भएको छ की ? छ भनें मलेसियामा देश परदेशका सहकर्मी सुदिप निउरेको सम्पर्क नम्वर ०१ ६७ १० ५२ ३० मा खवर गरिदिनुहोला । यसैगरी सुरक्षित आप्रवासन सुचना तथा परामर्श केन्द्र, खोटाङको फोन नम्वर ०३६ ४२० ५२७ मा पनि जानकारी गराउन सक्नुहुन्छ ।
भिडियो हेर्नुहोस्