‘अबुधावी कार्यक्रम महात्म्य’

नेपाल सहयोगार्थ साँस्कृतिक कार्यक्रम सहयोगका लागि अवुधावी गाको , सहयोगका लागि नेपालीको भेला क्या झकास भाको । तर कार्यक्रम आयोजकको कार्यविधी सुपर डुपर फ्लप भाको । सवैलाई नाकको उचाई वढाउन चुस्ति र फुर्ति देखाको । युएई झकिझकाउ देश । लोडसेडिङ्गको छैन मार, चढने सवैले कालो, रातो, सेतो अनगिन्ति कार । तर कार्यक्रमको माईक र स्पीकर किन वेकार ? १९ औ शताव्दिको घ्यार घ्यारे रेडियो जस्तो साउण्ड सिस्टम राजेश हमालको स्वर वयस्क स्त्रिको जस्तो कमालको, दिपाश्रीको आवाजमा दिपकको मिसिदा दुई नारीको गाऊँको झगडा लागो । गायक, गायिकाका स्वर त पहिले राम्रै थियो तर यसपाली त स्वर सुकेर गला वसेको जस्तो । मादलको ताल वज्छ पन्जावी ढोल अनि ८ करोड जति सुनिनु पर्ने सायद माईककै कारण होला सुनियो २८ करोड । ३०० जति दर्शकको बाहिर जाम, हलभित्र लागेको थियो सात ओटा घाम । भन्न त भने सवैले युएईका नेपालीले आयोजना गरेको कार्जेक्रम । तर भन्न र हेर्दा त अर्को देखियो । त्यहाँ तँ त्यो ठूलो कि म ठूलो किन टाल्नु मुसा छिर्ने दुलो भन्ने हाना र थाप चलेछ । कसले एमसी गर्ने भन्ने कुरामा मिटिङ्ग वस्नु परेछ । कहि नभएको जात्रा चौतारी चोकमा, त्यसै गरी चार घण्टाको कार्जेक्रममा १८ जनाको एमसीको जन्ति, दर्शकले गने नाम खनखनती । सुचना छर्न युएईका पत्रकारले गरे सक्दो प्रयास । तिनलाई पनि किन दिन्थे र समाचार संकलन गर्न पास ? अव राख्दैनन् पनि होला समाचार संम्प्रेशीत हुने कुनै आश । समाचार वनोस कसरी न फोटो खिच्न अगाडी जान मिल्ने, पछाडीवाट फोटो खिचे दर्शकको टाउकोले क्यामरा छेल्ने । सवै नेपालीको आयोजनाको सुचना आको, केहि गल्ति भएमा क्षमाको आशा भाको । सवैको आयोजना भए किन केहिले नाकको पोरा फुलाको ? अनि कालो सोफामा खुट्टा हल्लाको । हामीलाई थाहा छ त्यो कार्यक्रममको विऊ कसरी रोपियो । विऊ रोप्नेको अनुहार किन छेकियो । मुहारे किताबमा कार्यक्रम गर्न नसकिने चर्काचर्कि , सवै काम अर्कोले गरेपछि कार्यक्रममा उसकै हप्किदप्कि । खैर जे भए पनि कार्जेक्रम कसले गरो, भन्दा के का लागिगरो भन्ने मुल कुरा, त्यसैले त हो हामी भेला भाको । काम गर्दा गल्ति हुन्छ । तर किन प्राय नेपाली कार्जेक्रम खाली यस्तै हुन्छ ? साँस्कृतिक कार्जेक्रममा भाषणको रास, , त्यहि भएर भाषण सुन्न हुन्छ हामीलाई त्रास । जे भयो भैगयो, बगेको खोला फर्कदैन । जसले जहाँवाट जति गरे सवैलाई सलाम र धन्यवाद । हामी फुटनुमा भन्दा जुट्नुमा फाईदा छ । देश रोएको छ, हाम्रा भौतिक संरचना भत्किएका छन् । एउटा ईतिहासको धरोहर मेटिएको छ । तर मेटिएका छैनन हाम्रा भावनाहरु, त्यसका रुपहरु हाम्रा मस्तिष्कमा गढेको छ । देश उठने छ । फेरी त्यहाँ इतिहासका धरोहरहरु स्थापित हुनेछ । हामीले नगरे कसले गर्ने ? अहिले नगरे कहिले गर्ने ? त्यसैले मैले होईन हामीले गरेका हौ भन्नु पर्छ । विऊ छर्नेको हौसला वढाउनु पर्छ । उसले छरेको विऊमा हामीले पानी हाल्नु पर्छ । अनि पो उम्रन्छ त फूलहरु । सवैले एकै पटक म गर्छु भन्दै खवरदार पाखुरी नसुर्क, नत्र हातमा लाग्यो शुन्य हुन्छ । नेपालीको उत्साह फेरी ढल्छ । उसले गर्छ भनेर हेर्नु वा मैले मात्र गर्छु भनेर जुध्नु भन्दा आज तिमी गर भोली म गर्छु भन्नु पर्छ । अनि पो तालुमा आलु फल्छ । देशमा विकासको फूल फुल्छ । नेपालीको उपस्थिती राम्रो थियो । आयोजकको नाम सुनेर, कलाकारको रुप वुझेर हामी आएका होईनौ । देशको अवस्था र त्यसमा हाम्रो भूमिका सोचेर आएका हौ । जसले जहाँ जहाँ जे जे कमजोरी भयो सोच्नु । अर्को चोटी कमजोरी नदोहरीने गरी कार्जेक्रममको कल्पना गर्नु । राजेशको स्वर पुलिङ्गी नै आवोस, दिपक र दिपाको आवाज हाँस्यमुलक लागोस । कलाकारको गला नवसोस्, मादलको ताल मादल नै होस । ८ करोड र २८ करोड होईन जे हो त्यहि सत्य होस । जे भयो भयो, अव आगामी दिनमा ७ घाम होईन मधुर जुन होस । सवैको कानमा मिठो धुन होस । जदौ -निमेष गिरी यो पनि पढ्नुहोस् …………… पूर्व लडाकुबाट टेलर्स सञ्चालकः फेरिएको परिचय (भिडियो सहित)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय