कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारी कोषमा पर्वतारोहण संघको ५ लाख सहयोग

कोरोना भाइरस (कोभिड–१९) माहामारीको रोकथाम तथा नियन्त्रणका निम्ति नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमाण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल पर्वतारोहण संघले पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

संघले सोमवार एक विज्ञप्ती जारी गर्दै सहयोग रकमले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारका साथै पर्यटनको क्षेत्रमा रहेका विपन्न र न्यून आय भएका प्रभावित परिवारहरुको दैनिक आवश्यक एवं उपभोग्य सामगीहरुका निम्ति सहयोग पुग्ने विश्वास प्रकट गरेको छ ।

कोषबाट कोरोना भाइरसको माहामारीबाट रोकथाम, नियन्त्रण र उपचारमा सकरात्मक सहयोग पुग्ने उल्लेख गर्दै संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ “सरकारले अघि बढाएको अभियानमा संघको तर्फबाट ऐक्यवद्धतास्वरुप आर्थिक सहयोग गरिएको हो ।”

संघका अध्यक्ष सन्तवीर लामाद्वरा जारी विज्ञप्तिमा संघले विगतमा पनि यस प्रकारका विपद्को समयमा सामाजिक उत्तरदायित्व सम्झी सहयोग गर्दै आइरहेको जनाइएको छ । विज्ञप्तिमा कोरोना भाइरसको महामारीबाट नेपालको पर्वतिय पर्यटन क्षेत्रमा प्रत्यक्ष असर परेको पनि उल्लेख छ ।

यो पनि पढ्नुहोस् नेपाली श्रमिक भन्छन्ः कि ‘लकडाउन’ गर, कि हामीलाई पनि सुरक्षित बनाउ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय