नेपाली श्रमिक भन्छन्ः कि ‘लकडाउन’ गर, कि हामीलाई पनि सुरक्षित बनाउ

कतारमा कार्यरत नेपालीले कतार सरकारले आप्रवासी श्रमिकको सुरक्षामा पर्याप्त ध्यान नदिएको भन्दै गुनासो गरेका छन् । कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्दै जाँदा कतारमा कार्यरत नेपाली श्रमिकले नेपाली दूतावाससँग सो गुनासो गरेका हुन् ।

कतार स्थित नेपाली दूतावासले आफ्नो फेसबुक पेजमा शेयर गरेको श्रमिकका लागि सुरु गरेको हटलाइन सम्वन्धि द पेनन्सुला, कतारको समाचारमा टिप्पणी गर्दै केहि नेपाली श्रमिकले यस्तो गुनासो गरेका हुन् ।

राजुु कट्टेलले लेखेका छन्ः कतारीहरु घरभित्र दैलो लगाएर बसेका छन । आप्रवासी कामदारहरुलाई त्रासपुर्ण वातावरणमा काममा घोटाइएको छ । तुरुन्तै लकडाउन गरेर हामीलाई सुरक्षित तरिकाले कोठैमा केही समय बस्ने वातावरण मिलाइयोस् भन्ने गुनासो सुनाइदिनु होला ।

यसैगरी ईमान मोक्तानले आफूहरु कार्यरत कम्पनीमा पनि त्यस्तै अवस्था रहेको भन्दै आप्रवासी श्रमिकहरुलाई काममा खटाइएको बताएका छन् । परिसान तिलुङ राईले कतार सरकार केवल आफ्ना मुलुकका नागरिक बचाउन लागेको भन्दै अन्य मुलुकका श्रमिक काम गर्न बाध्य पारिएको भन्दै यसमा कतार सरकारको ध्यानाकर्षण हुनुपर्ने बताएका छन् ।

सुजन पौडेलले कतार सरकारले आफ्नो मुलुकका नागरिकको मात्र नभई सवै देशका नागरिकको सुरक्षामा ध्यान दिनुपर्ने भन्दै लकडाउन गर्नु नै उपयुक्त हुने विचार प्रकट गरेका छन् ।

अमर बहादुर खड्काले लकडाउन गर्नु अपरिहार्य रहेको भन्दै कतारले श्रमिक कटौति गर्न चाहेको र आभागी दिनमा स्वयं श्रमिकहरु नै अप्ठ्यारोमा पर्ने बताएका छन् । उनले कोरोना भाइरसका विरामीलाई कहाँ, कसरी राखिएको छ भन्ने विषयमा नेपाली दूतावासले पनि चासो दिनुपर्ने बताएका छन् ।

कतारले श्रमिकलाई लकडाउनको समयमा आइपर्ने समस्या लगायतका विषयमा कुनै गुनासो भएमा जानकारी गराउन सक्नेगरी हटलाइनको व्यवस्था गरेको छ । सो सम्वन्धि समाचारः कतारमा श्रमिकका लागि हटलाइन सुरु

यसैगरी लकडाउनको समयको पारिश्रमिक रोजगारदाताले कटौति गर्न पनि नपाउने कतारी अधिकारीले यसअघि नै प्रष्ट पारिसकेका छन् । सो सम्वन्धि समाचारः श्रमिकको तलव कटौती हुन्नः कतार

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय