श्रमिकको तलव कटौती हुन्नः कतार

 

कतारले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि क्वारेण्टाइनमा बस्नु परेका तथा आइसोलेसनमा राखिएका श्रमिकले पुरा तलव पाउने स्पष्ट गरेको छ । कतारको श्रम तथा सामाजिक मामिला मन्त्रालयले श्रमिकलाई पुरा तलव दिनु अनिवार्य रहेको भन्दै हरेक कम्पनीहरु तथा रोजगारदाताहरुले कानून पालना गर्नुपर्ने बताएको छ ।

मन्त्रालयका सहायक उपसचिव मोहम्मद हसन अल ओर्वाइद्लीले मंगलवार आयोजित पत्रकार सम्मेलनमा भनेः हामीलाई थाहा छ की उनीहरु (श्रमिक) लाई क्वारेण्टाइन वा आइसोलेसनमा राखिएको भनेको हामी सवैलाई सुरक्षित राख्नका लागि नै हो र कम्पनीहरुले उनीहरुको सम्पूर्ण खर्च व्यवहोर्नु पर्दछ ।

कतारले विशेषगरी साना तथा मझौला व्यवसायीलाई वर्तमान संकटको समयमा श्रमिकलाई तलव भुक्तानीका लागि ३ अर्व कतारी रियाल बरावर उपलव्ध गराउने भएको छ जुन वैंकहरु मार्फत ऋणका रुपमा लिन सकिन्छ । तर सो रकम व्यवसायीले नगद निकाल्न पाउने छैनन् किनकी श्रमिकको खातामा बैंकले सोझै भुक्तानी गरिदिने मन्त्रालयले स्पष्ट पारेको छ ।

हाल कतार बाहिर रहेका श्रमिकको हकमा भनें उनीहरुले कम्पनीका लागि काम गर्नु नपरेका कारण उनीहरुले वेतलवी विदा पाउनेछन् ।
यसअगाडी कतारले श्रमिकको कुनै गुनासो भएमा गुनासो दर्ताका लागि हटलाइनको व्यवस्था गरिसकेको छ । सो सम्वन्धि समाचार पढ्न यहाँ क्लीक गर्नुहोस् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय