कतारमा श्रमिकका लागि हटलाइन सुरु, छुट्टीमा कतार बाहिर रहेकाहरुको आवासिय अनुमति पत्र स्वतः नविकरण हुने

 

कतारले श्रमिकको गुनासो सुन्न हटलाइन सुरु गरेको छ । कुनै श्रमिकलाई गुनासो भएमा ९२७२७ मा फोन गरेर वा एसएमएस गरेर आफ्नो गुनासो दर्ता गर्न सक्छन् ।

द पेनन्सुला, कतारका अनुसार गुनासो भएका श्रमिकले एसएमएस (म्यासेज) गर्ने भएमा ५ लेखेर आफ्नो कतारी आइडी नम्वर वा भिषा नम्वर लेखेर म्यासेज गर्न सक्छन् । श्रमिकका गुनासो समाधान गर्ने उद्देश्यले हटलाइनको व्यवस्था गरिएको कतारको श्रम सम्वन्धि विषय हेर्ने मन्त्रालयले जनाएको छ ।

यसैवीच कतारले मुलुक बाहिर रहेको अवस्थामा कतारको आवासिय अनुमति पत्रको म्याद सकिएमा कोरोना भाइरसको महामारीको समयावधिका लागि स्वतः नविकरण हुने भएको छ । त्यसरी कतार बाहिर रहेका श्रमिक महामारी सकिएपछि सहज रुपमा कतार आउन सक्ने र उनीहरुले कुनै जरिवाना तिर्नु नपर्ने व्यवस्था कतारले गरेको छ ।

यो पनि पढ्नुहोस् अव विदेशी श्रमिकलाई तलव दिन रोजगारदाता बाध्य नहुने, वेतलवी विदा पनि वैध बनाइयो

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय