अव विदेशी श्रमिकलाई तलव दिन रोजगारदाता बाध्य नहुने, वेतलवी विदा पनि वैध बनाइयो

कोरोना भाइरसको महामारीले विश्व आक्रान्त भइरहेको र विभिन्न मुलुकलाई आर्थिक रुपमा ठूलोे जोखिम आइपर्ने स्थितिको आँकलन भइरहँदा युएईले विदेशी श्रमिकको तलव कटौती गर्न सक्ने निर्णय गरेको छ ।

कोरोना भाइरसका कारण समस्या परेका व्यवसायीले आफ्ना श्रमिकलाई तलवी विदा दिन, वेतलवी विदा दिन, अल्पकालिन वा पूर्ण रुपमा उनीहरुको तलव कटौती गर्न, बेतलवी रुपमा राख्न समेत पाउने गरी युएईको मानव संशाधन मन्त्रालयले निर्णय गरेको छ । तर यस्तो निर्णय युएईका नागरिकलाई भनें लागु नहुने सो मन्त्रालयको निर्णय छ ।

गल्फ न्यूजका अनुसार कोरोना भाइरसका कारण समस्यामा परेका व्यवसायीहरुले आफ्ना विदेशी कामदारलाई कार्यस्थलमा नआई काममा लगाउन, उनीहरुलाई तलवी विदा दिन, वेतलवी विदा दिन, समस्या अवधिसम्म तलव घटाउन वा पूर्ण रुपमा तलव काट्न पाउनेछन् ।
यो निर्णय तत्कालै लागु हुनसक्ने निर्णय गरिएको छ । यसले युएईमा कार्यरत लाखौं विदेशी श्रमिकको तलवको सुरक्षा प्राप्त गर्न नसक्ने अवस्था सिर्जना गरेको छ ।

यो पनि पढ्नुहोस् ‘वर्किंग फ्रम होम’: ‘लकडाउन’ को एउटा सिकाई

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय